नरैनापुरका अग्नी पीडितलाई राहत सामग्री वितरण

सदरलाइन संवाददाता १९ जेष्ठ २०८०, शुक्रबार १५:४२
 

नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिका वडा नं. ५ को जमुनाहा गाउँमा आगलागीबाट प्रभावित घरपरिवारलाई राहत स्वरुप खाद्यान्न सहित दैनिक उपभोग्य वस्तु सामाग्री सहयोग गरिएको छ ।

कोहलपुर उद्योग वाणिज्य संघ र कोभिड खाद्य बैंक कोहलपुरद्वारा संयुक्त रुपमा प्रभावित क्षेत्रमा पुगेर आगलागीबाट प्रभावित १२ घरपरिवारलाई राहत सामाग्री सहयोग गरिएको हो । कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलको नेतृत्वमा कोभिड खाद्य बैंकका अभियन्ता चेतकान्त भट्टराई र भुम बहादुर भण्डारी सहित वाणिज्य संघ कोहलपुरका पदाधिकारीको टोलीले गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहको उपस्थितीमा प्रभावित घर परिवारलाई राहत वितरण गरिएको वाणिज्य संघ कोहलपुरका अध्यक्ष लक्ष्मणराज पौडेलले बताए ।

जिल्लाको विकट क्षेत्र मानिने नरैनापुरमा भएको भिषण आगलागी पछि प्रभावित परिवारलाई सहयोग स्वरुप राहत उपलब्ध गराउने कोहलपुर उद्योग वाणिजय संघ र कोभिड खाद्य बैंक कोहलपुरलाई धन्यवाद ज्ञापन गर्दै गाउपालिका अध्यक्ष शाहले सबैभन्दा ठुलो सहयोग मानविय सहयोग हुने भन्दै सहयोगी संस्थाहरुप्रति विशेष आभारी रहेको धारणा व्यक्त गरे । उनले पालिकालाई अब खर र फुसमुक्त पालिका बनाउने र त्यसका लागि आवश्यक गृहकार्य चलिरहेको धारणा राखे ।

रातह वितरण कार्यक्रममा कोभिड खाद्य बैंकका अभियन्ता चेतकान्त भट्टराई, भुम बहादुर भण्डारी, उमेश उप्रेती सहित कोहलपुर उद्योग वाणिज्य संघका उप महासचिव दिपक भण्डारी, सदस्यहरु राकेश विष्ट, पवित्रा ढकाल, शर्मिला मल्ल, अर्जुन सुवेदी यस्तै संघका प्रेस सल्लाहकार निर्मल आचार्य सहितको टोली प्रभावित क्षेत्र पुगेको थियो ।


गत आइतबार दिउँसो १२ बजेतिर भएको उक्त आगलागीमा परी ११ वटा घर र एउटा गोठ जलेका थिए । इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी निरीक्षक राजन रायमाझीका अनुसार स्थानीय केशव यादवको गोठबाट सुरु भएको आगलागी जब्बर खाँ, रन्जु यादव, बिहारी लाल कुम्हर, सलमान खाँ, राज करण कुम्हार लगायत ११ जनाको घर र फकिरे खाँको गोठमा आगलागी भएको थियो ।

आगलागीबाट १७ लाख बढीको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी, नरैनापुर गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिकाको दमकल तथा स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

दिउँसो १२ बजेबाट सुरु भएको आगलागी ३ बजे मात्र नियन्त्रणमा आएको थियो । आगलागी भएको जानकारी पाउने बित्तिकै गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह घटनास्थलमा पुगेका थिए । समयमै आगो नियन्त्रणमा लिएकाले मानवीय क्षति नभएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नरैनापुरका अग्नी पीडितलाई नेपाली काँग्रेस क्षेत्रीय समितिको राहत

१९ जेष्ठ २०८०, शुक्रबार १५:४२
नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउपालिका वडानं ५ जमुनाहा गाउमा भएको आगलागीमा परेका अग्नी पीडितलाई नेपाली काँग्रेस बाँके १ नं. क्षेत्रीय समितिले राहत बितरण गरेको छ । केही दिन अघिमात्र सो स्थानमा भएको आगलागीमा परेर १३ घर नष्ट भएका थिए । सो अग्नी पीडित परिवारलाई नेपाली काँग्रेस बाँके क्षेत्रनं. १ […]