बाँकेमा सोमवार दश जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता २५ आश्विन २०७८, सोमबार १५:४३
 

नेपालगञ्ज : बाँकेमा सोमवार थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७८ नमुना परीक्षण गर्दा थप १० जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पताल नेपालगञ्जमा ३६ नमुना परीक्षण गर्दा ९ र मेडिकल कलेज कोहलपुरमा २५ नमुना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको छ । बागेश्वरीमा १७ नमुना परीक्षण गर्दा सबै रिपोर्ट नेगेटिभ आएको थियो । सोमवार पुष्टि भएकामध्ये बाँकेका ९ जना छन् ।

नेपालगञ्जका २, खजुराका ३, बैजनाथका २ र कोहलपुरका २ जना हुन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ३०७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भन्सार छलीको सामान बरामद

२५ आश्विन २०७८, सोमबार १५:४३
नेपालगञ्ज : भारतबाट भन्सार छलिको अवैध सामान नेपालगञ्जबाट बरामद गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० बाट भन्सार छलिको लत्ताकपडा, घण्टी, पाला, अटो रिक्सालगायतको सामान बरामद भएको बाँके प्रहरीले जनाएको छ । १ लाख ३२ हजार ५ सय मूल्य बराबरको सामान बरामद गरि भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीले जनाएको छ ।

सम्बन्धित