कोरोनाबाट बाँकेमा ८ जनाको मृत्यु

सदरलाइन संवाददाता ३ जेष्ठ २०७८, सोमबार ११:२६
 

नेपालगञ्ज : बाँकेमा कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ ।

भेरी अस्पतालमा उपचाररत ठाकुरबाबा ९ बर्दियाका २५ वर्षीय पुरुष, तुलसीपुर १० दाङकी ३८ वर्षीया महिला, मधुवन ९ बर्दियाकी ७० वर्षीया महिला, पंचपुरी ६ सुर्खेतका ५९ वर्षीय पुरुष, बाँसगढी ६ बर्दियाका ८० वर्षीय पुरुष र नेपालगञ्ज ६ की ४० वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताए ।

त्यस्तै नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत भिमदत्त ३ कञ्चनपुरकी ५५ वर्षीया महिला र कोहलपुर ९ बाँकेकी ४५ वर्षीया महिलाको पनि मृत्यु भएको छ ।

योसंगै कोरोनाबाट बाँकेका २३९ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाका १९० जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतमा संक्रमण दर घट्दै

३ जेष्ठ २०७८, सोमबार ११:२६
काठमाण्डौ : दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धि घट्दो क्रममा छ । एक साताअघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ २ लाख ८१ हजार ८६० जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितको यो संख्या आइतबारको तुलनामा करिव ३० हजार कम हो । आइतबार […]