नागरिकतामा श्रीमानको नाम र दलितको थर सच्याउने बढे

सदरलाइन संवाददाता ३ भाद्र २०७९, शुक्रबार १४:३६
 

रोल्पा : रोल्पामा श्रीमानको नाम र दलितको थर सच्याएर नागरिकताको प्रतिलिपि बनाउनेहरूको संख्या बढेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पहिलो श्रीमानबाट सम्बन्धविच्छेद भएपछि दोस्रो विवाह गर्नेहरु आफ्नो नागरिकताको प्रमाणपत्रमा दोस्रो श्रीमानको नाम कायम गर्न जिल्ला प्रशासन कार्यालय आउने गरेका छन् । यसैगरी ग्राहक नआउने चिन्ताले होटल संचालकहरुले पनि आफ्नो नागरिकतामा दलितको थर सच्याउने गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय रोल्पाको अभिलेख अनुसार अघिल्लो आर्थिक वर्ष पहिलो श्रीमानको नाम हटाई दोस्रो श्रीमानको नाम कायम भई एक हजार ८१० वटा नागरिकता जारी भएका थिए । सो वर्ष जिल्ला कुल सात हजार ३९४ वटा नयाँ नागरिकता जारी भएका थिए । यसैगरी तीन हजार ३९ वटा प्रतिलिपि नागरिकता जारी भएका थिए ।


जिल्लामा वर्षभरि जारी हुने प्रतिलिपि नागरिकतामध्ये करिब ६० प्रतिशत प्रतिलिपी नागरिकतामा पहिलो श्रीमानको नाम हटाई दोस्रो श्रीमानको नाम कायम हुने गरेको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए ।

‘जिल्लामा सानै उमेरमा बिहे गर्ने र उमेर पुगेपछि सम्बन्धविच्छेद गर्ने क्रम बढेसँगै नागरिकतामा पहिलो श्रीमानको नाम हटाई दोस्रो श्रीमानको नाम कायम गर्नेको संख्या पनि बढिरहेको छ,’ प्रजिअ सापकोटाले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रम

३ भाद्र २०७९, शुक्रबार १४:३६
दाङ : नेपाल महिला सामुदायिक सेवा केन्द्रले संस्थाको २९ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । वि.स २०५० भदौ ३ गते स्थापना भएको संस्थाको २९ औँ स्थापना दिवशको अवसरमा रक्तदान कार्यक्रम गरेको हो । जसमा २९ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरुमा शान्ता कुमारी खनाल, नमराज अधिकारी, […]