बाँकेमा मनाइयो ६६औं प्रहरी दिवस

दिवसका अवसरमा बाँकेका २६ जना प्रहरी सम्मानित

सदरलाइन संवाददाता २० आश्विन २०७८, बुधबार १२:२१
 

नेपालगञ्ज : ६६ औं प्रहरी दिवसका अवसरमा बाँके प्रहरीले विभिन्न कार्यक्रम गरेको छ । दिवसका अवसरमा बुधवार जिल्ला प्रहरी कार्यालय बाँकेले ‘लागु औषधविरुद्धको निस्तेज महाअभियान’ स्मारिका विमोचन गरेको छ ।

यस्तै कार्यक्रममा उत्कृष्ट काम गरेका बाँकेका २६ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवं प्रहरी नायव उपरीक्षक रविन्द्र खनालसहित जुनियर प्रहरी अधिकृत तथा जवानलाई पुरस्कृत गरिएको हो ।

बाँके प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले पुस्कृत हुनेहरुलाई नगद र प्रमाणपत्र प्रदान गरिएको बताए । यस्तै नेपाल प्रहरीलाई विभिन्न कोणबाट सहयोग पुर्याउने नागरिक समाजलाई पनि पुरस्कृत गरिएको उनले बताए । कार्यक्रममा अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।


जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी एवम् बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, नेपाली सेना राँझा ब्यारेकका प्रमुख, सशस्त्र प्रहरीका एसपी, राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री, खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया बि.क, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगञ्जका अध्यक्ष दीपेन्द्रकुमार जोशी, हिन्दु धर्मगुरु चन्दननाथ योगी, मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरी लगायत अतिथी एवम भुतपुर्ब प्रहरी, अमर प्रहरी परिवार लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गेलालका साथै खजुरा गाउँपालिका उपाध्यक्ष एवं अमर प्रहरी परिवार एकमाया लगायतले मन्तब्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मानव खप्पर र हड्डीसहित दुईजना पक्राउ

२० आश्विन २०७८, बुधबार १२:२१
विराटनगर : मोरङको विराटनगर भन्सार कार्यालयको २ नम्बर ढाटबाट नेपाल भित्र्याउन लागेको अवस्थामा मानव खप्पर र हड्डी बरामद भएको छ । भारतको जोगवनीबाट नेपाल प्रवेश गर्न लागेको को १ च ९६४८ नम्बरको भ्यानबाट सशस्त्र प्रहरीले मंगलबार साँझ खप्पर र हड्डी बरामद गरेको हो । भ्यान चेकजाँच गर्ने क्रममा सशस्त्र प्रहरी […]

सम्बन्धित