सुर्खेतमा टेम्पो पल्टिँदा एकजनाको मृत्यु, तीन घाइते

सदरलाइन संवाददाता ४ बैशाख २०७९, आईतवार १३:१९
 

सुर्खेत : सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ शेरघारी फर्ममा शनिबार साँझ टेम्पो अनियन्त्रित भएर पल्टिँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित ३ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा टेम्पोमा सवार सुर्खेतकै गुर्भाकोट नगरपालिका–१४ का अन्दाजी ६० बर्षीय पदमबहादुर रासकोटी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा मेहलकुना अस्पतालमा बेलुकी सवा ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।


दुर्घटनामा सामान्य घाइते भएका चालक ३१ बर्षीय पदम शाही, टेम्पोमा सवार ४५ वर्षीय गोपाल पुन र ४२ वर्षीया पूर्णकला पुनको सोही अस्पतालमा उपचार भइरहेको छ ।

बेतनीबाट गुमीतर्फ आउँदै गरेको भे १ ह ३० ४९ नम्बरको टेम्पो पल्टिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बझाङ जीप दुर्घटना : मृतक र घाइतेहरुको परिचय खुल्यो

४ बैशाख २०७९, आईतवार १३:१९
नेपालगञ्ज : बझाङ जीप दुर्घटनामा मृत्यु भएका विनोद बोहरा नेपाली काँग्रेस बझाङका सभापति खडक बोहराका माइला छोरा भएको खुलेको छ । वैवाहिक कार्यक्रममा सहभागी हुन धनगढी हिँडेका सभापति बोहराको परिवार सवार सुपप्र ०१९००१ च ००९५ नम्बरको जीप शनिवार राति १२ः४० बजे वित्थडचिर गाउँपालिका–४ देउलेख बजार नजिकै दुर्घटना भएको थियो । […]