कोहलपुरले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

सदरलाइन संवाददाता २९ माघ २०७९, आईतवार १४:१८
 

नेपालगञ्ज : कोहलपुर नगरपालिकाले स्वीकृत कार्यक्रमअनुसार लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । नगरपालिकाले यही फागुन १ गतेदेखि सहायक स्तर पाँचौं तहको परीक्षाका लागि तयारी कक्षा सञ्चालन गर्ने भएको हो ।

१० प्लस २ (१२) कक्षा उत्तीर्ण भएकालाई लोकसेवा तयारी कक्षा सञ्चालन गर्न लागिएको कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीले बताइन् । लोकसेवा अध्ययन गरिरहेकाहरूलाई थप सजिलो गराउन र उत्साह प्रदान गर्न लोकसेवाको तयारी कक्षा सञ्चालन गर्न लागिएको उनको भनाइ छ ।

‘कोहलपुरका धेरै युवायुवतीहरूले लोकसेवा आयोग अध्ययन गरिराख्नुभएको छ,’ उनले भनिन्, ‘उहाँहरूको प्रयासलाई नगरपालिकाले पनि सहयोगका लागि लोकसेवा तयारी कक्षा सुरु गरेको हो ।’


नगरकै दक्ष जनशक्ति भए यहाँको विकास निर्माण, सुशासन र सेवा प्रवाहमा सहयोग पुग्ने अपेक्षा नगरपालिकाले गरेको छ । नगरको उक्त कार्यको लोकसेवा तयारी गरिरहेकाहरू खुशी भएका छन् ।

यसमा दलित, महिला, स्थानीय र आर्थिकरुपमा विपन्नता भएकालाई प्राथमिकतामा राखिएको नगरपालिकाले जनाएको छ । कोहलपुरका सबै वडालाई यसमा सहभागी बनाइने उपप्रमुख सुवेदीले बताइन् ।

One thought on “कोहलपुरले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

  1. राम्रो कार्यकाे थालन। अनि याे कक्षा लिन कसरी सकिन्छ ?? थप जानकारी पाउ न । म पनि लिन चाहन्छु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बसको ठक्करबाट महिलाको मृत्युपछि वीरेन्द्रनगर बजार तनावग्रस्त

२९ माघ २०७९, आईतवार १४:१८
नेपालगञ्ज : सुर्खेतको वीरेन्द्रनगरमा बसको ठक्करबाट महिलाको मृत्यु भएपछि पीडितहरुले सोमवार बिहानैदेखि आन्दोलन गरिरहेका छन् । आइतवार दिउँसो वीरेन्द्रनगर १० को बामेखोलामा बस्दै आएकी जाजरकोटको छेडागाड ६ की ६६ वर्षीय नदी रावतको वीरेन्द्रनगर बसपार्कमा बसको ठक्करबाट मृत्यु भएको थियो । ठक्कर दिएको बा४ख ८०६१ नम्बरको बस चालकलाई कारबाही र उचित […]