सदरलाइनडटकम,
दाङ : अटोमेटिक पेस्तोलसहित दाङमा एक जना पक्राउ परेका छन् । मेड इन यूएसए लेखिएको ६ दशमलव ६५ क्यालिभरको पेस्तोल, म्यागजिन र ४ राउण्ड गोलीसहित घोराही १३ बडहाराका २७ वर्षीय वीरबहादुर चौधरी पक्राउ परेका हुन् ।
विशेष सूचनाको आधारमा गएको प्रहरी टोलीले घोराही १५ बाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक कृष्णहरि पोखरेलले बताए । पाइन्टको बेल्टमा पेस्तोल लुकाइ राखेको अवस्थामा चौधरीलाई पक्राउ गरिएको उनले जानकारी दिए । पक्राउ परेका चौधरीमाथि थप अनुसन्धान भईरहेको छ ।
