लकडाउनको अवज्ञा गर्ने एघार सय मोटरसाइकल नियन्त्रणमा

२५ चैत्र २०७६, मंगलवार १५:५५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : लकडाउन उलघंन गर्ने निजी सवारी सधानलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले नेपालगन्ज र कोहलपुरका बिभिन्न स्थानबाट पछिल्लो तीन दिनमा ११ सय बढि मोटरसाइकल नियन्त्रणमा लिएको हो ।
लकडाउन अवज्ञा गर्नेप्रति कडारुपमा प्रस्तुत भएको बाँके प्रहरीले सोमवार २ सय १९ मोटरसाईकल र स्कुटी नियन्त्रणमा लिएको छ । यसअघि आईतवार ५ सय ३ र शनिवार ४ सय ४१ मोटरसाइकल र स्कुटर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
लकडाउनलाई कडाईकासाथ कार्यान्वयनका लागि निरन्तरता दिईने र नियन्त्रणमा लिइएका सवारी साधन लकडाउन सकेपछि मात्र फिर्ता दिइने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिए ।
प्रहरीले नियन्त्रणमा लिएको सवारी साधनको व्यवस्थापन गर्न नसक्दा कतिपय सवारीधनीले रातीको समयमा डोर्याएर लगेका छन् । नियन्त्रणमा लिएको स्थानमै पार्किङ गरेर राख्दा सवारी साधनलाई अर्को साँचो प्रयोग गरी लग्ने गरेको पाइएको छ ।

Next Post

कक्षा ११ र १२ को परीक्षा अनिश्चितकाल स्थगित

२५ चैत्र २०७६, मंगलवार १५:५५
सदरलाइनडटकम, काठमाण्डौ : सरकारले कक्षा ११ र १२ को परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ । राष्ट्रिय परीक्षा बोर्डको मंगलवार बसेको बैठकले अर्काे सूचना नआएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागि लकडाउन चलिरहेकाले परीक्षा स्थगित […]

सम्बन्धित