चालिस किलो सुकुटीसहित चार जना पक्राउ

सदरलाइन संवाददाता २७ कार्तिक २०८०, सोमबार १५:५६
 

नेपालगञ्ज : पछिल्लो समयमा बाँके र बर्दिया निकुञ्जभित्र चोरीशिकारी गर्नेहरु बढ्दैगएको पाइएको छ । केही महिना यता आएर पटक–पटक अवैध रुपमा निकुञ्जभित्र छिर्नेलाई सेनाको गस्ती टोलीले पक्राउ गर्दैआएको छ ।

सो क्रममा बर्दिया राष्ट्रिय निकुञ्जको उत्तरी क्षेत्रमा पर्ने तेलपानीबाट जरायोको ४० किलो सुकुटी र दुई थान भरुवा बन्दुकसहित चार जना चोरी सिकारीमा सङ्लग्न व्यक्तिलाई नेपाली सेना र निकुञ्जको संयुक्त गस्ती टोलीले पक्राउ गरेको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जका सहायक प्रमुख संरक्षण अधिकृत बद्री विनोद दाहालका अनुसार निकुञ्जको उत्तरी क्षेत्रमा पर्ने तेलपानीबाट सेनाको गस्ती टोलीले चोरीशिकारीमा संलग्न रहेका चार जनालाई ४० किलो जरायोको सुकुटी र दुई थान भरुवा बन्दुकसहित पक्राउ गरेको छ ।

उनले पक्राउ पर्नेहरुमा सुर्खेत बराहताल गाउँपालिका–१, तेलपानीका गमन वली, श्यामबहादुर वली, चन्द्रबहादुर वली र दिलबहादुर वली रहेको बताए ।


निकुञ्जभित्र जरायो मारेर सुकुटी बनाएको भन्ने गोप्य सूचना पाएपछि निकुञ्जका कर्मचारीसहित नेपाली सेनाको संयुक्त गस्ती टोलीले सर्च अप्रेसन गर्दा उनीहरुलाई घरबाटै पक्राउ गरिएको सहायक प्रमुख संरक्षण अधिकृत दाहालले बताए ।

पक्राउ परेकाको साथबाट भरुवाबन्दुक २ थान, गोली, बारुद, जाल लगायतका बन्दोबस्तीका सामग्री बरामद गरिएको पनि उनले बताए ।

निकुञ्ज प्रशासनका अनुसार पक्राउ परेकाहरूलाई एक वर्ष कैद, एक लाख रुपियाँ जरिवाना वा दुवै सजाय हुने कानुनी प्रावधान छ ।

पक्राउ परेकालाई आवश्यक कानूनी कारबाहीका लागि पक्रिया अगाडि बढाइएको जनाउँदै केही समय यता चोरीशिकारी बढ्दैगएको पाइएकाले निकुञ्जभित्र गस्ती बढाइएको पनि बाँके र बर्दिया दुबै निकुञ्जले जनाएका छन् । केही समययता आएर निकुञ्ज क्षेत्रभित्र विभिन्न जनावरहरु समेत मृत भेटिने गरेकाले पनि चोरीशिकारी बढेको पुष्टि गरेको छ । (गोरखापत्रबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बिरामी डिस्चार्ज भएपछि भेरीको डिजास्टर वार्ड खाली

२७ कार्तिक २०८०, सोमबार १५:५६
नेपालगञ्ज : जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पमा परी घाइते भई नेपालगञ्जस्थ्ति भेरी अस्पतालमा उपचारका लागि ल्याइएका बिरामी निको भएर डिस्चार्ज भएपछि डिजास्टर (विपद्) वार्ड खाली भएको छ । भूकम्पमा परी घाइते भएर उपचारका लागि भेरीमा आएका बिरामीलाई उपचार सेवामा सहज होस् भनेर उहाँहरुको मात्र उपचारका लागि अस्पतालभित्र अलग्गै ‘डिजास्टर वार्ड’ […]

सम्बन्धित