उम्मेदवारी दर्तापछि एमालेको प्रचार अभियान तीब्र  उम्मेदवारी दर्तापछि एमालेको प्रचार अभियान तीब्र

५ असार २०७४, सोमबार ०९:०९
 

सदरलाइनडटकम

५ असार, नेपालगन्ज : स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्तापछि नेकपा एमाले, बाँकेका उम्मेदवारले सोमबार आ–आफ्नो निर्वाचन क्षेत्रमा मत माग्नको लागि विविध कार्यक्रम गर्दैछन् ।  नेपालगन्जका मेयर र उपमेयरका उम्मेदवारको तीन ठाउँमा कार्यक्रम तय भएको एमाले बाँकेको प्रचार सचिवालयले जनाएको छ ।


प्रचार सचिवालयका अनुसार विहान आठ बजे वडा नं. १४ र तीन बजे वडा नं. १५ मा घरदैलो कार्यक्रम गर्ने बताईएको छ । यो बीचमा मेयर उम्मेदवार समशुद्दिन सिद्धिकी र उपमेयरका उम्मेदवार शान्ति ढकालले नेपालगन्जको वडा नं. २ ले आयोजना गरेको भेलालाई सम्बोधन गर्नेे छन् ।

व्यापारी उद्योगीको उपस्थिति सहित रहने सो भेलालाई पार्टीका जिल्ला अध्यक्ष अशोक कोइरालाले पनि सम्बोधन गर्ने तय भएको छ । गाउँपालिकाहरुले पनि आ–आफ्नै तालिका बनाएर चुनावी गतिविधि गर्ने पार्टीले जनाएको छ । राप्तीसोनारी गाउँपालिकाले फत्तेपुरमा चुनावी सभा गर्दैछ ।    त्यसमा सांसदहरु दलबहादुर सुनार र देवराज भारको उपस्थिति रहने गाउँपालिकाका अध्यक्ष उम्मेदवार तुलसी थारुले जानकारी दिए ।  निर्वाचनमा मनोनयन दर्ता गरिसकेको र आज सोमबार दावी विरोध गर्ने समय रहेको र यसमा एमालेमा कुनै विवाद नरहेको र बागी उम्मेदवार पनि नरहेको जिल्ला अध्यक्ष कोइरालाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यस्ता छन नेकपा एमाले वडा नं. १२ का प्रतिबद्धता

५ असार २०७४, सोमबार ०९:०९
Advotorial   : दोस्रो चरणको स्थानीय तह निर्वाचनमा एमाले वडा नं. १२ मा देवदत्त ढकाललाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । सदस्यहरुमा ईता अर्याल, ईश्वरी परियार हौसिलाल चिडिमार र खलिल खाँलाई उम्मेदवार बनाएको छ । आफ्नो प्यानलले जितेमा देहाय बमोजिमका प्रतिबद्धता पुरा गर्ने छौ ।    हाम्रा प्रतिबद्धताहरु १. प्रत्येक टोल–टोलमा […]

ताजा अपडेट