चट्याङ लागेर बैतडीमा एकको मृत्यु, तीन घाइते

सदरलाइन संवाददाता १९ आश्विन २०७८, मंगलवार १५:४३
 

बैतडी : डिलाशैनी गाउँपालिका–५ खालीफाँटाका २७ वर्षीय महेश लुहारको चट्याङ लागेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाका अनुसार सोमबार राति परेको चट्याङले अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेहरुमा सोही ठाउँमा अम्बे लुहार, हरिचन्द्र कोली र दार्चुलाको शैल्यशिखर नगरपालिका–९ का दीपक महर रहेका छन् ।


घाइतेहरु खतरामुक्त रहेको र उपचारका लागि गोकुलेश्वर अस्पतालमा भर्ना गरिएको प्रहरी निरीक्षक ओझाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके प्रहरीद्वारा तीन महिने प्रगति विवरण सार्वजनिक

१९ आश्विन २०७८, मंगलवार १५:४३
नेपालगञ्ज : बाँके प्रहरीले तीन महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयले मंगलवार सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजनागरी एसपी श्यामकृष्ण अधिकारीले असार १८ गतेदेखि असोज १८ गतेसम्मको प्रगति विवरण सार्वजनिक गरेका हुन् । यो अवधिमा १ हजार ५ सय ५० जनालाई सेवा दिइएको उनले जानकारी दिए । यस्तै […]