सेना दिवशको अवसरमा बाँकेमा दोस्रो ‘रनफरफन’ सम्पन्न

रुद्र सुवेदी २६ फाल्गुन २०७७, बुधबार १८:२१
 

राप्तीसोनारी (बाँके)  : नेपाली सेना दिवसको अवसर पारेर बाँकेको शम्शेरगन्जमा दोस्रो नेचर कञ्जरभेषण (रनफरफन) को आयोजना गरिएको छ । नेपाली सेनाको श्री नम्बर ४ बाहिनी अड्डाको आयोजनामा बाँके राष्ट्रिय निकुञ्ज परिसर शम्शेरगञ्जमा सो कार्यक्रमको आयोजना गरिएको हो ।

नेपाली सेनाको श्री ४ बाहिनी अड्डका बाहिनीपति तथा सहायक रथी हरेन्द्र पाठकले नेपाली सेना र नागरिकको सम्बन्धमा अझ प्रगाढ बनाउदै संरक्षणमा समेत सहयोग पुराउने उद्देश्यले रनफर फन कार्यक्रमको आयोजना गरिएको बताए ।

रनफरफन कार्यक्रममा आयोजना गरिएको २१ किलोमिटर हाप म्यारथन पुरुष दौडमा खडक दल गणका सैन्य प्रहरी शिवबहादुर रायमाझी प्रथम भई ५० हजार, भेषराज बास्तोला भैरवनाथ गणले द्वितिय भई ३० हजार, ललित शाही नेपालगञ्ज बाँकेले २० हजार, सैन्य प्रहरी मखन बस्नेत भैरव प्रसाद गणले चौथो स्थान भई १० हजार र सैन्य प्रहरी बीरन्द्र राई बराह दल गुल्मले पाँचौ स्थान भई ५ हजार प्राप्त गरे ।

यसैगरी महिला १० किलोमिटर दौडमा श्री नं. २४ बाहिनी अड्डाका प्यूठ रोजिना भण्डारीले प्रथम भई ३० हजार, गरुड दल गुल्मका प्रहरी सिता चौधरी द्वितिय भई २५ हजार र राप्ती सोनारी–१ गैर सैनिक पूर्णिमा खड्का तृतिय भई २० हजार नगद र प्रमाण पत्र हात पारे ।


पाँच किलोमिटर पुरुष दैडमा भैरवप्रसाद गणका सैन्य प्रहरी अशोक चौधरीले प्रथम भई १० हजार, सोही गणकै सिपाई रुपलाल चपाईले द्वीतिय भई ७ हजार र बर्दिया गुलरियाका गैर सैनिक प्रमोद थारुले तृतिय स्थान हासिल गरी ३ हजार नगद प्राप्त गरे ।

पाँच किलोमिटरको महिला दैडमा देवीदत्त गणका सैन्य प्रहरी बालकुमारी थारु प्रथम १० हजार, नयाँ सबुज गणका सापना थारु द्वीतिय भई ७ हजार, चन्दन नाथ गणका कुशुम रावल तृतिय भई ३ हजार प्राप्त गरेका छन् ।

रनफरफन कार्यक्रम अन्तरगत नै सञ्चालन गरिएको पुरुष २५ किलोमिटर साईक्लिङ्गमा उखुबारी सिन्धुपाल्चोकका सुरज रानाले प्रथम भई २५ हजार नगद प्राप्त गरे, नेपालगन्ज –१ का बाबुराम बिश्वकर्मा द्वीतिय भई २० हजार, नेपालगञ्ज–५ का जितु चौहान तृतिय भई १५ हजार र नेपालगन्जकै जंग थरुले चौथो स्थान प्राप्त गरी १० हजार जितेका छन् । उनीहरु सबै गैर सैनिक हुन ।

यसैगरी महिला साईक्लिङ्गमा ईन्द्र कुमारी तामाङ्ग प्रथम भई १० हजार, बिदिशा चौधरी द्वितिय भई ७ हजार र पार्वती सार्की तृृतिय भई ३ हजार प्राप्त गरेकी छन् । उनीहरु तीनै जना गैर सैनिक हुन ।

सैनिक नागरिक सम्बन्ध सुधार ल्याउन, बाँके रष्ट्रिय निकुञ्जको विकास तथा प्रबद्र्धनमा टेवा पुराउनुको साथै शाररीक तन्दुरुस्तीको लागि प्रतियोगिता आयोजना गरिएको हो । विजयी खेलाडि तथा सहभागिलाई बाहिनीपति पाठक, समाजसेवी मधुसुदन शर्मा, विभिन्न बैकका प्रतिनिधि लगायतले पुरस्कार र प्रमाणपत्र बितरण गरेका थिए ।

Next Post

भगवान शिवको आराधना गरी महाशिवरात्री मनाईंदै

२६ फाल्गुन २०७७, बुधबार १८:२१
नेपालगञ्ज : फागुन कृष्ण त्रयोदशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान शिवको पूजा–आराधना गरी बिहीवार देशभर मनाइँदै छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गरिरहेका छन् । पुराणहरूमा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख रात्रिको महत्व वर्णन गरिएको […]