सदरलाइनडटकम
१२ चैत, नेपालगन्ज : स्थानीयय तहको निर्वाचनमा मतको बदरसंख्या न्यूनिकरण गर्ने र मतदाताको सहभागिता बढाउने उदेश्यले निर्वाचन आयोगले दुई दिने क्षेत्रीय प्रशिक्षक प्रशिक्षण नेपालगन्जमा सुरु गरेको छ । स्थानीय तह निर्वाचन–२०७४ मा सहभागि हुने मतदाताका लागि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने लक्षका साथ सुरु गरिएको दुईदिने क्षेत्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा विभिन्न १३ जिल्लका सहभागि रहेका छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले सो कार्यक्रमको उद्दघाटन गर्दै २०७४ बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा बढी सहभागिता र खस्ने मतमा बदर मतको न्यूनिकरणका लागि प्रशिक्षक प्रशिक्षणले महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे ।
मध्यपश्चिम क्षेत्रीय निर्वाचन अधिकारी बसन्तराज अधिकारीले स्वागत गरेको सो प्रशिक्षक प्रशिक्षणमा बाँक,े बर्दिया, रुकुम, सल्यान, दाङ्ग, दैलेख, जाजरकोट, डोल्पा, मुगु, हुम्ला, जुम्ला कालिकोट र कञ्चनपुर गरी १३ जिल्लाका निर्वाचन अधिकारी, विद्यालय निरिक्षक, विद्यालय स्रोत व्यक्ति, माविस्तरको सामाजिक शिक्षिका र जिल्ला समन्वय समितिका सामाजिक अधिकृत गरी ५६ जनाको सहभागिता रहेको आयोगकी देवी पाण्डेले जानकारी दिईन ।
उद्दघाटन सत्रमा बाँकेका स्थानीय विकास अधिकारी हरि प्याकुरेल, जिल्ला शिक्षा अधिकारी भिमबहादुर साउद, जिल्ला प्रहरी कार्यालय बँकेका निमित्त प्रम्ुख प्रहरी उपरिक्षक विरेन्द्र कुमार बस्याल, सिमा सुरक्षा कार्यालय महेन्द्रनगरका प्रमुख सशस्त्र प्रहरी उपरीक्ष राजु अधिकारीलगायतको सहभागिता रहेको थियो