ओमानमा शाहीन चक्रवात शुरु नेपालीलाई सतर्कता अपनाउन दूतावासको आग्रह

सदरलाइन संवाददाता १७ आश्विन २०७८, आईतवार १३:४५
 

काठमाण्डौ : अरब सागरमा केन्द्रविन्दु बनाएर शाहीन नामको ट्रपिकल चक्रवात सुरु भएको छ । चक्रवातको असर मस्कटसम्म पर्ने भएकाले त्यहाँ रहेका नेपालीलाई सतर्कता अपनाउन नेपाली दूतावासले आग्रह गरेको छ ।

ओमानको विपद पूर्व सतर्कता केन्द्रका अनुसार मस्कटभन्दा ६ सय ५० किलोमिटर टाढा अरब सागरमा सुरु भएको चक्रवात तीव्र गतिमा ओमान सी तथा मस्कट तटीय क्षेत्रतर्फ आइरहेको छ । चक्रवातका कारण ठूलो हावाहुरी आउने र ६ सय मिलिमिटरसम्म भीषण वर्षा हुनसक्ने बताइएको छ ।


मस्कट तथा मस्कटको उत्तरी क्षेत्रमा दुईतीन दिनसम्म यसको प्रभाव पर्ने पूर्व सतर्कता केन्द्रले जनाएको छ । यो समयमा समुन्द्रको तहमा वृद्धि हुनसक्ने भएकाले समुन्द्र नजिक नजान र आफ्नै आवासमा सुरक्षित रहन पनि दूतावासले आग्रह गरेको छ ।

यस प्रतिकुल मौसमका कारण ओमान सरकाले आइतबार र सोमबार त्यहाँका सम्पूर्ण सरकारी कार्यालयहरु बन्द गरेको छ । दूतावासले पनि आफ्नो नियमित सेवा प्रवाह बन्द गरिने जनाएको छ । मौसमको नियमित अपडेट हेरिरहन र आधिकारिक सूचनामा मात्र विश्वास गर्न दूतावासले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा आइतवार ११ संक्रमित थपिए, ९ डिस्चार्ज

१७ आश्विन २०७८, आईतवार १३:४५
नेपालगञ्ज : बाँकेमा आइतवार थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६० नमुना परीक्षण गर्दा थप ११ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा २५ नमुना परीक्षण गर्दा ८, मेडिकल कलेज कोहलपुरमा २० नमुना परीक्षण गर्दा २ र बागेश्वरी प्रयोगशालामा १ जनामा संक्रमण पुष्टि भएको […]