बाँकेमा आइतवार ११ संक्रमित थपिए, ९ डिस्चार्ज

सदरलाइन संवाददाता १७ आश्विन २०७८, आईतवार १५:०९
 

नेपालगञ्ज : बाँकेमा आइतवार थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६० नमुना परीक्षण गर्दा थप ११ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा २५ नमुना परीक्षण गर्दा ८, मेडिकल कलेज कोहलपुरमा २० नमुना परीक्षण गर्दा २ र बागेश्वरी प्रयोगशालामा १ जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये बाँकेका ७ जना छन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार २३८ पुगेको छ ।


यस्तै आइतवार थप ९ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ८५३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेको जमुनाहा नाका आइतवारदेखि पूर्णरुपमा खुल्यो

१७ आश्विन २०७८, आईतवार १५:०९
नेपालगञ्ज : बाँकेको जमुनाहा नाकामा सवारी साधन ओहोरदोहोरमा लगाइएको रोक आइतवारदेखि पूर्णरुपमा हटेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आइतवारदेखि अनौपचारिकरुपमा नाका खोलिएपनि भन्सार कार्यालयले केही कागजी प्रक्रिया मिलाउनु पर्ने भएकाले सोमवारदेखि नाकामा लगाइको रोक पूर्णरुपमा हट्ने बताए । यद्यपी नेपाली नम्वर प्लेटका मोटरसाइकल, अटो रिक्सा, साइकलहरु भने […]

सम्बन्धित