बुधवार बाँकेमा ११ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता २५ श्रावण २०७९, बुधबार १४:०७
 

नेपालगञ्ज : बाँकेमा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा १९ जनाको नमुना जाँच गर्दा १० जना र राप्तीसोनारीमा एकजना गरी थप ११ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए ।

संक्रमण पुष्टि भएकामध्ये २ जना जिल्ला बाहिरका छन् । बुधवार संक्रमण पुष्टि भएकासहित बाँकेमा कूल कोरोना संक्रमितको संख्या २१ हजार २४३ पुगेको छ । यस्तै एक जना डिस्चार्ज भएका छन् ।


योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या २० हजार ८१७ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या ७३ रहेको फोकलपर्सन वलीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुर नगर स्वास्थ्यका १७ जना कर्मचारी मन्त्रालय फिर्ता

२५ श्रावण २०७९, बुधबार १४:०७
कोहलपुर (बाँके) : कोहलपुर नगरपालिकाले समायोजनमा मिलान गरी नगरपालिका मातहतमा कार्यरत १७ जना कर्मचारीलाई स्वास्थ्य मन्त्रालयमा फिर्ता पठाईदिएको छ । स्वीकृत दरबन्दी भन्दा बढी भएका कर्मचारीलाई नगरपालिकाबाट तलव भत्ता उपलव्ध गराउन नसक्ने भन्दै मन्त्रालयलाई फिर्ता पठाएको हो । यसअघि नगरपालिकाको गत ११ साउनमा बसेको कार्यपालिका बैठकले स्वीकृत दरबन्दी भन्दा बढी […]