डिएसपीलाई घुस दिन खोज्ने दुई पक्राउ

१३ पुष २०७५, शुक्रबार १८:२१
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके) : ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका इञ्चार्ज प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहलाई घुस दिन खोज्ने दुईजना शुक्रवार पक्राउ परेका छन् । हेटौडा उपमहानगरपालिका ४ का अव्दुल देवान र कोहलपुर १२ का नवराज थापालाई शुक्रवार दिउँसो प्रहरी नायब उपरीक्षक सिंहको कार्यकक्षबाटै पक्राउ गरिएको हो ।
उनीहरु विहान प्रहरी नायब उपरीक्षक सिंहलाई फोन गरी दिउँसो भेट्न ईलाका प्रहरी कार्यालय पुगेका थिए । विहान कुनै सेवाग्राही होला भनेर कार्यालयमा भेट्न बोलाए, डिएसपी सिंहले भने,– उनीहरुले टेबुलमा पुगेर तपाईको एरियाबाट पनि गोरु जान्छन् भन्दै ५० हजार रुपयाँ निकालेर दिन खोजे । उनीहरुले बाँकेबाट दाङ हुँदै भारततर्फ गोरु तस्करीको सहजताका लागि घुस दिन खोजेको दावी प्रहरीको छ ।

Next Post

मुख्यमन्त्री शंकर पोखरेलले नेपाल–भारत मैत्रीबस सेवाको शुभारम्भ गर्ने

१३ पुष २०७५, शुक्रबार १८:२१
सदरलाइनडटकम, नेपालगञ्ज  :  नेपालगञ्जबाट भारतको नयाँ दिल्लीसम्म नीजि क्षेत्रको भेरी यातायात प्रालि नेपालगञ्जले शनिबार पुस १४ गतेदेखि विधिवत रुपमा शुभारम्भ गर्ने भएको छ । पाँच नं. प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेपाल भारत मैत्रीबस सेवाको शुभारम्भ नेपालगञ्जबाट गर्ने गरी तयारी भएको भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरीले जानकारी दिए । नेपालगञ्ज […]