‘मेलमिलापबाट मात्रै सबैको जित संभव हुने’

सदरलाइन संवाददाता १७ चैत्र २०७९, शुक्रबार १९:३९
 

नेपालगञ्ज : समाजमा हुने विवाद समाजमै समाधान गर्ने उद्देश्यले नेपालगञ्जमा संचालन भएको मेलमिलाप तालिम शुक्रबार सम्पन्न भएको छ । ‘हाम्रो समस्या हाम्रै समाधान : मेलमिलाप’ भन्ने मुल नाराका साथ आठ दिनसम्म सञ्चालन भएको सो तालिमका सहभागिले मेलमिलापबाट मात्र सबैको जित संभव हुने निश्कर्ष समेत निकालेका छन ।

गत चैत्र १० गतेबाट संचालन गरिएको सो तालिमको समापन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तुल्सीपुर उच्च अदालत नेपालगञ्जका मुख्य न्यायाधिस रत्नबहादुर बागचनले हरेक जीवन्त समाजमा कुनै न कुनै बिवाद स्वभाविक रुपमा बिद्यमान हुनेकुरामा जोड दिदै त्यसलाई सकारात्मक रुपमा समाधान गर्न सके समाज उन्नतीतर्फ जाने बताए ।

उनले उचित समयमा समाधान नगरिएको बिवादले समाजमा बैमनस्यता ल्याउने र समयमै समाधान गरिने बिवाद, द्वन्द्वले सकारात्मक परिणाम समेत ल्याउने बताउदै त्यसको सहि समाधान मेलमिलापकर्ताले मात्र गर्न सक्ने कुरामा जोड दिए । उनले मेलमिलापकर्ताको सानो प्रयासले पनि अदालतमा आउने मुद्दाको भार कम हुने विश्वास ब्यक्त गरे ।

कार्यक्रममा उच्च अदालत तुल्सीपुरका न्यायधिश बामदेव ज्ञवालीले नेपालगञ्जमा मेलमिलापको अवस्था नाजुक रहेकोले यस्तो तालिमको आयोजना गर्नु परेको बताउदै समाजलाई सकारात्मक र रचनात्मक बनाउनका लागि सकारात्मकता खोजी मेलमिलापबाट मात्र सम्भव हुने बताए ।


उनले मेलमिलाप मुद्दा दायर गर्नु पूर्व, मुद्दा सुनुवाईका क्रममा र कतिपय अवस्थामा सुनुवाई पश्चात अर्थात फैसला कार्यान्वयनको चरणमा पनि हुन सक्ने औल्याउदै समाजमा मेलमिलापकर्ताको ठूलो भूमिका रहने कुरामा जोड दिए ।

सामुदायिक मेलमिलाप समाजकी अध्यक्ष तथा प्रशिक्षक शोभा बस्नेतले बिवादका पक्षहरुबीच सहमती कायम गरी बिवादको समाधान गर्ने सिपको प्रयोग गरि कुशल सहजकर्ताको भुमिकामा मेलमिलाप तालिम प्राप्त जनशक्तिले बिवाद मिलाउनेमा आफु बिश्वस्त रहेको बताईन ।

कार्यक्रममा पूर्व न्यायाधिश, अधिवक्ता, शैक्षिक क्षेत्रमा लामो समय योगदान दिएका ब्यक्ति, समाजसेवी, पत्रकार, सामाजिक अधिवक्ता, पूर्व सरकारी कमचारी आदि गरि २६ जनाको सहभागितामा संचालन गरिएको उक्त तालिमको संचालन उच्च अदालतका प्रशासकिय अधिकृत बिरबहादुर बिकले गरेका थिए ।

तालिमको समापन समारोहमा सहभागिका तर्फबाट बोल्दै तथा मुस्लिम समुदायकि सामाजिक अभियान्ता शाहिदा बानो शाह र पूर्व न्यायाधिश यज्ञराज भट्टले तालिममा सिकेका कुराहरु जीवन उपयोगी रहेको बताएका थिए ।

समाजमा उत्पन्न हुने बिवाद मध्ये ८५ प्रतिशत बिवाद मेलमिलापबाट समाधान गर्न सकिने किसिमका हुने र १५ प्रतिशत विवाद मात्र अदालतमा दर्ता हुने त्यो मध्ये पनि अधिकाँश विवाद मेलमिलापबाट समाधान हुन सक्ने अवस्था रहने भएकोले यसको आवश्यकता खट्केको हो ।

द एसिया फाउण्डेशनको सहयोग तथा मेलमिलाप परिषद नेपाल र सामुदायिक मेलमिलापकर्ता समाजको आयोजना, उच्च अदालत तुल्सीपुरको समन्वयमा उक्त तालिम संचालन गरिएको सो तालिममा मेलमिलाप परिषदका अध्यक्ष तथा सर्बोच्च अदालतका न्यायधिश ईश्वरप्रसाद खतिवडा, टेकप्रसाद ढुङ्गाना, भानुभक्त रिजाल लगायतले प्रशिक्षण दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अपाङ्गता भएकी किशोरीलाई विद्यालय जान प्लान र बाँके युनेस्कोको ट्राईसाईकल

१७ चैत्र २०७९, शुक्रबार १९:३९
गुलरिया (बर्दिया) :  बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दियामा सञ्चालित बालबालिका, बालविवाह तथा जबर्जस्ती विवाह रोकथाम कार्यक्रम अन्तरगत वडा नम्बर ८ गुलरियाकी अपाङ्गता भएकी सरस्वती चौधरीलाई ट्राइसाइकल हस्तान्तरण गरेको छ । गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादव, प्लान इन्टरनेशनल नेपालकी क्षेत्रीय प्रबन्धक मीना पराजुली, क्षेत्रीय कार्यालय सुर्खेत र बाँके […]

सम्बन्धित