नेपालगन्ज—दिल्ली उडानमा तिब्र तयारी

८ असार २०७५, शुक्रबार १६:३५
 


सदरलाइनडटकम
८ असार, नेपालगन्ज :  नेपालगञ्जबाट भारतको दिल्लीसम्म सिधा उडान केही महिनामै सुरु हुने सरकारले बताएको छ । अन्तर्रा्ष्ट्रिय उडानका लागि भारतले दुई नयाँ रुट दिएपछि नेपालगञ्जबाट सिधै दिल्ली उडान सुरु गर्न लागिएको हो । हालै मात्र नेपाल र भारतबीच महेन्द्रनगरबाट १८ हजारदेखि २४ हजार फिटसम्म उडान दिने सहमति भएको छ । यसबाट कम उचाइमा उड्ने नेपाल र भारतका विमानहरुलाई दिल्ली उडान गर्न सहज हुने सरकारले बताएको छ ।
महेन्द्रनगर र नेपालगञ्जबाट ३० हजार फिटभन्दा माथि हुने उडान प्रवेशमार्गका लागि भारतीय पक्षले सेप्टेम्बरसम्म विस्तृत सुरक्षा हवाई विश्लेषण गर्ने प्रतिवद्धता जनाएको छ । विराटनगर र जनकपुरमा प्रवेश विन्दु दिन पनि भारत सहमत भएको पर्यटनमन्त्री रवीन्द्र अधिकारीले जानकारी दिए ।
उनले संसदमा भनेका छन्, ‘यसले नेपालगञ्जबाट हाइटमा आउनेबाहेक अरु अवस्थाको हवाई रुट प्राप्त भएको छ । अब हामी करिब ३र४ महिनाको बीचमा नेपालगञ्जबाट दिल्ली वायु सेवा सुरु गर्ने तयारी गरेका छौं ।’ नेपालगञ्ज विमास्थलमा क्वारेन्टाइन, अध्यागमन लगायतको व्यवस्था साढे ३ महिनामा गरिसक्ने र भारतले एयर रुट दिएपछि दिल्ली उडान सुरु गर्ने उनले बताए । उनका अनुसार विमान कम्पनीहरुलाई नेपालगञ्जबाट दिल्ली उडान स्वीकृति दिने प्रक्रिया पनि सुरु भइसकेको छ ।

Next Post

तीनदिने उद्घोषण तालिम समापन

८ असार २०७५, शुक्रबार १६:३५
सदरलाइनडटकम नेपालगन्ज  : नेपाल प्रेस ईन्सिच्यूट क्षेत्रीय सञ्चार स्रोत केन्द्र नेपालगन्जले राप्ती सोनारी गाउँपालिका वडा नं. २ संगको सहकार्यमा आयोजित ३ दिने उद्घोषण तालिम शुक्रबार समापन भएको छ । गाउपालिकाको वडा नं.२ को कार्यालयमा आयोजना गरिएको सो उद्घोषण कार्यक्रमको समापन गर्दै राप्ती सोनारी गाउपालिका वडा नं. २ का अध्यक्ष मदनकुमार […]