विपदमा प्रयोग गरिने सामाग्री तयारी अवस्थामा

१९ श्रावण २०७५, शनिबार १७:४८
 

सदरलाइन / सौजन्य श्रेष्ठ,  
नेपालगन्ज  : बाढी जन्य प्रकोपबाट हुन सक्ने पीडितलाई लक्षित गरी नेपाल रेडक्रस सोसाईटीले नेपालगन्जमा तत्कालका लागि ५ हजार विपत पीडितलाई पुग्ने राहत सामग्री तयारी अवस्थामा राखेको जनाएको छ ।
बाढिजन्य प्रकोपको उच्च जोखिममा रहेका प्रदेश ५ का पश्चिमका बाँके, बर्दिया र दाङ लगायतका जिल्लालाई दृटिगत सो राहत सामग्रीको पुर्व तयारी गरिएको रेडक्रसले जनाएको हो ।
रेडक्रसका केन्द्रीय उपाध्यक्ष अजितकुमार शर्माका अनुसार प्रदेश ५ मा २ लाख भन्दा बढि स्वयमसेवकहरु पनि रेडक्रसले तयारी अवस्थामा राखेको छ । विपतका बेला रेडक्रसले आफ्नो तर्फबाट गर्न सकिने सबै कामको तयारी पुर गरि सकेको केन्द्रीय उपाध्यक्ष शर्माले जानकारी दिए । प्रशिक्षार्थी

Next Post

रोल्पाका विद्यार्थीलाई पढाइमा सास्ती

१९ श्रावण २०७५, शनिबार १७:४८
रोल्पा, विद्यालयमा राम्रो पढाइ नभएपछि रोल्पाको ग्रामीण क्षेत्रमा अध्ययन गर्ने विद्यार्थी ट्यूशन पढ्न सदरमुकाम धाउन बाध्य भएका छन् । विद्यालयले समयमै पढार्ई पूरा नगर्ने तथा योग्य शिक्षकको व्यवस्था नगर्दा थप रकम खर्च गरेर ट्यूशन पढ्न बाध्य भएको गुनासो सम्बद्ध विद्यार्थीहरूको छ । विद्यालयले वर्षे बिदा दिएसँगै ट्यूशन पढ्न आउने विद्यार्थीका […]

सम्बन्धित