बर्दियामा स्थानीय शिक्षा नीति निर्माण कार्यशाला सम्पन्न

सदरलाइन संवाददाता १२ मंसिर २०७८, आईतवार १७:४५
 

ठाकुरद्वारा (बर्दिया) :  प्लान इन्टरनेशन नेपाल, सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारी एवम शिक्षा विकास तथा समन्वय इकाई बर्दिया र बर्दिया जिल्लाका ८ वटै स्थानीय तहको समन्वयमा स्थानीय शिक्षा नीति निर्माण सम्बन्धी तीन दिने कार्यशाला ठाकुरद्वारामा सम्पन्न भएको छ ।

सो कार्यशालामा स्थानीय तहले शिक्षामा गरेका राम्रा असल अभ्यासहरुको सिकाइ आदान प्रदान गुर्नुका साथै आठवटा स्थानीयतहको शिक्षा नीतिको मस्यौदा तयार गरिएको स्याक नेपाल बाँकेका परियोजना अधिकृत लक्ष्मीप्रसाद शर्माले जानकारी दिए ।

उनले तयार गरिएको मस्यौदालाई कार्यपालिकादेखि अनुमोदनका लागि माघ महिनाको पहिलो हप्ता भित्र कार्यपालिका समक्ष पेश गर्ने गरि कार्ययोजना निर्माण गरिएको बताए ।


सो कार्यशालाको समापन सत्रमा ठाकुरबाबा नगरपालिका शिक्षा शाखा प्रमुख सिता भण्डारीले प्लान इन्टरनेशनल नेपाल र सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल र शिक्षा विकास तथा समन्वय ईकाई र जिल्लाका सबै स्थानीय तहको समन्वयमा शिक्षा नीतिमा एकरुपता ल्याउनका लागि गरिएको प्रयासप्रति बिषेश धन्यबाद दिएकी छन् ।

उनले ठाकुरबाबा नगरपालिकाले २० बर्षे गुरुयोजना निर्माण गरेको र सोहि अनुसार यस कार्यशालाबाट निर्माण गरिएको शिक्षा नीतिलाई निर्माण गरिएको कार्ययोजना अनुसार कार्यपालिका समक्षपेश गरि नीतिलाई पास गरिने बताईन ।

तीन दिनसम्म संचालन भएको कार्यशालामा बर्दिया जिल्लाका ८ वटा स्थानीय निकायका शिक्षाशाखा प्रमुख एवम प्रतिनिधि, सामाजिक विकास समितिका पदाधिकारी, शिक्षा समितिका पदाधिकारीहरु जनप्रतिनिधि गरि ३२ जनाको सहभागीता रहेको थियो । मंसिर १० देखि १२ सम्म संचालन भएको कार्यशालामा सहजिकरण डा हरिप्रसाद पोखरेल, जगतबहादुर आलेमगर, प्लान इन्टरनेशनल नेपालका सिकाई परियोजना बिज्ञ बेदप्रसाद डागींले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विपद् प्रभावितहरुको सहयोगार्थ स्वयंसेवकको क्षमता अभिबृद्धि तालिम सम्पन्न

१२ मंसिर २०७८, आईतवार १७:४५
नेपालगञ्ज : नेपाल रेडक्रस सोसाइटी बाँकेको आयोजनामा ६ दिने समुदायमा आधारित आपत्कालिन प्रतिकार्य समुह (सिवीइआरटी) तालिम शनिवार नेपालगञ्जमा सम्पन्न भएको छ । समुदायस्तरका स्वयंसेवकहरुको खोज तथा उद्धार र प्राथमिक उपचार सम्बन्धी ज्ञान सीप प्रदान गरी विपद् प्रतिकार्यका लागि क्षमता अभिबृद्धि गर्ने अभिप्रायले तालिम आयोजना गरिएको थियो । छ दिनसम्म सञ्चालन […]