सशस्त्र प्रहरीद्वारा नेपालगञ्जबाट अवैध सामान बरामद

सदरलाइन संवाददाता १३ आश्विन २०७८, बुधबार १२:४१
 

नेपालगञ्ज : सशस्त्र प्रहरीले भन्सार छलेर ल्याउँदै गरिएका अवैध सामानसहित मोटरसाइकल बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट खटिएको गस्ती टोलीले नेपालगञ्ज १४ बाबुगाउँबाट लाखौं रुपैयाँ बढीको भन्सार छली गरेर ल्याउँदै गरिएका लत्ताकपडा, सुर्तीजन्य सामग्री लगायतका अन्य किराना सामग्री बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।


सशस्त्र प्रहरी बल नम्बर ३० गणबाट मंगलवार राती साढे ९ बजे सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको नेतृत्वमा गएको टोलीले १ लाख ६० हजार रुपैयाँ बराबरका लत्ताकपडा, सुपर पावर सुर्ती लगायत अन्य किराना सामग्री बरामद गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

अवैध सामग्री बोक्न प्रयोग गरिएको भारतीय नम्बर प्लेटको निलो रङ्गको पल्सर मोटरसाइकल समेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरेका सबै सामग्रीलाई बुधवार आबश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय बुझाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मोटरसाइकलको ठक्करबाट एक जना घाइते

१३ आश्विन २०७८, बुधबार १२:४१
नेपालगञ्ज : मोटरसाइकलको ठक्करबाट नेपालगञ्जमा एक जना पुरुष घाइते भएका छन् । मंगलवार राती साढे ९ बजे तिर नेपालगञ्ज वडा नम्बर १० को कार्यालय अगाडी तीब्र गतिमा आएको भे १० प ५९६६ नम्बरको मोटरसाइकल पैदल यात्रुलाई ठक्कर दिएको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ । मोटरसाइकलको ठक्करबाट नेपालगञ्ज १० आदर्शनगर […]

सम्बन्धित