आगो बालेर सुतेका आमाछोराको ज्यान गयो

३० मंसिर २०७६, सोमबार १५:५४
 

सदरलाइनडटकम,
काठमाण्डौ : कीर्तिपुरमा कोठा तातो बनाउन कोइला बालेर सुतेका दुई जनाको ज्यान गएको छ । कीर्तिपुर नगरपालिका ८ को पाँगा बसपार्क नजिकै शर्मिला रञ्जितकार र उहाँको दुई महिनाको छोराको ज्यान गएको कीर्तिपुर प्रहरीले जनाएको छ ।
एउटा साघुँरो कोठामा श्रीमान, श्रीमती र दुई महिनाको छोरा कोइला बालेर सुतेका थिए । श्रीमान नवराज रञ्जितकारले बिहान श्रीमती र छोरालाई मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । अक्सिजन अभावका कारणका ज्यान गएको हुनसक्ने प्रहरीको भनाई छ ।

Next Post

सागमा पदक विजेता खेलाडी तथा प्रशिक्षकलाई गृहनगरमा सम्मान

३० मंसिर २०७६, सोमबार १५:५४
सदरलाइनडटकम, नेपालगञ्ज : सहरी विकास मन्त्री मोेहम्मद इस्तियाक राईले १३ औं सागमा स्वर्ण पदक विजेता बाँकेका भारोत्तोलन खेलाडी सञ्जु चौधरी र काँस्य पदक विजेता प्रकाश केसीलाई नेपालगञ्जमा नगदसहित सम्मान गरेका छन् । आफ्नै निवासमा एक कार्यक्रमको आयोजना गरी मन्त्री राईले स्वर्ण पदक विजेता चौधरीलाई ६१ हजार काँस्य पदक विजेता केसीलाई […]