काँग्रेस बाँकेको अधिवेशन दशैंपछि हुने

सदरलाइन संवाददाता १२ आश्विन २०७८, मंगलवार १५:४९
 

नेपालगञ्ज : नेपाली काँग्रेस बाँकेको अधिवेशन दशैंपछि हुने भएको छ । लामो रस्साकस्सीपछि क्रियाशील सदस्यताको विवाद टुंगिएको काँग्रेस बाँकेमा अधिवेशन भने दशैंपछि हुने भएको हो ।

बाँकेसहित १३ जिल्लामा अधिवेशन कहिले हुन्छ भन्ने यकिन हुन सकेको छैन । केन्द्रिय निर्वाचन समिति जिल्लाको वडा अधिवेशनको मिति टुंग्याउन छलफलमा रहेको काँग्रेस बाँकेले जनाएको छ । अहिले सोह्र श्राद्ध चलिरहेको र लगत्तै दशैं शुरु हुने भएकाले अब दशैंपछि नै अधिवेशन हुने सम्भावना रहेको छ ।


निर्वाचन समितिले केही जिल्लाको नामावली नै प्राप्त नभएको र प्राप्त भएको ठाउँमा पनि केही व्यवस्थापकीय तयारी नपुग्ने हुँदा बाँकी रहेका जिल्लामा दशैंपछि एकैपटक वडा अधिवेशन प्रारम्भ गर्ने जनाएको छ ।

बाँकेका लागि खटिएका प्रमुख निर्वाचन अधिकृत बरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराईले केन्द्रिय निर्वाचन समितिले आफूलाई दशैंपछि मात्रै अधिवेशन प्रारम्भ हुने जानकारी गराएको बताए । बाँकेमा पहिलो चरणमा ८१ वडामा वडा अधिवेशन हुनेछ । बाँकेमा ९ हजार ६ सय ७८ क्रियाशील सदस्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सेनेटरी प्याडमा मुल्यवृद्धिको विरोधमा नेपालगञ्जमा प्रदर्शन

१२ आश्विन २०७८, मंगलवार १५:४९
नेपालगञ्ज : सेनेटरी प्याडमा भएको मुल्य वृद्धिको विराधमा मंगलवार नेपालगञ्जमा बिरोध प्रदर्शन गरिएको छ । महिनावारी मैत्री वातावरण बनाउन सरकारलाई दवाव दिने उद्देश्यले जिल्लाका युवाहरुले विरोध प्रदर्शन गरेका हुन् । ‘स्वास्थ्य क्षेत्रमा हाम्रो योगदान, निःशुल्क सेनेटरी प्याड अभियान’ भन्ने नारासहित उनीहरुले वीपी चोकबाट ¥याली निकाले थिए । र्यालीसहित उनीहरुले बाँकेका […]