‘धम्बोझीमा विरेन्द्रको शालिक राख्न ऐक्यबद्धता जनाउन आग्रह’

सदरलाइन संवाददाता १७ भाद्र २०८०, आईतवार १४:१७
 

नेपालगञ्ज : नेपालगञ्जको मुटु विरेन्द्र चोक (धम्बोझी)मा वीरेन्द्रको शालिक राख्न बाँकेका राजनैतिक दलहरु सकारात्मक रहेको मातृभूमि नवनिर्माण अभियानका अध्यक्ष तेज विक्रम शाहले बताएका छन् ।

विरेन्द्र चौकमा स्व. राजा विरेन्द्रको शालिक पुनर्स्थापनाका लागि गठन भएको “स्व. राजा विरेन्द्रको शालिक पुनर्स्थापना समितिले सर्वदलीय बैठक आयोजना गरेको र सो क्रममा राजनैतिक दलहरु सकारात्मक रहेको अभियानले दाबी गरेको हो ।

अभियानले आफ्नो दोस्रो चरणको कार्यक्रमअन्तर्गत सिएसटि होटेल एण्ड पार्टी प्यालेसमा बिरेन्द्र चोकमा स्व. राजा बिरेन्द्रको शालिक पुनर्स्थापना गर्ने सन्दर्भमा बाँके जिल्लाका राजनीतिक दलहरु संग अन्तरक्रियाको गरेको बताए ।


बाँकेका १० राजनैतिक दललाई निमन्त्रणा दिएपनि सर्वदलीय बैठकमा नेपाली कांग्रेस, राष्ट्रीय स्वतन्त्र पार्टी, राष्ट्रीय प्रजातन्त्र पार्टी, जनमत पार्टी र राप्रपा नेपाल सहभागी रहेको र सहभागी राजनैतिक दलहरुले उचित रायसहित सकारात्मक रहेको अभियानका संयोजन तेज बिक्रम शाहले पत्रकार सम्मेलनमा जानकारी दिए ।

“मातृभूमि नव निर्माण अभियान, नेपाल” को पहलमा गठन भएको “स्व. राजा बीरेन्द्रको शालिक पुनर्स्थापना समितिले नेपालगञ्ज उप–महानगरपालिकाको २३ वटा वडामा ऐक्यबद्धता समूह गठन गर्ने जानकारी दिएका छन् भने नेपालगञ्जको वडा नम्बर १० र १२ मा ऐक्यबद्धता समूह गठन गरेको पनि जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

छाडा पशुचौपायाको उचित व्यवस्थापन गर्न ध्यानाकर्षण

१७ भाद्र २०८०, आईतवार १४:१७
कोहलपुर (बाँके) : कोहलपुरमा रहेका बिभिन्न धार्मिक संघ संस्थाहरु ओमकार परिवार, तथा राष्ट्रिय सनातन धर्म संस्कृति महासंघ नेपाल बाँकेले बिभिन्न सञ्चार माध्यम मार्फत कोहलपुर नगर प्रमुखको ध्यानाकर्षण गराएका छन् । उनीहरुले स्थानीय सरकारले छाडा पशु चौपायाको उचित नियन्त्रण र व्यवस्थापनू गर्न स्थानीय तहमा सम्बन्धित गौशाला समितिसंग सहकार्य गरि उचित भुमिका […]