सेनेटरी प्याडमा मुल्यवृद्धिको विरोधमा नेपालगञ्जमा प्रदर्शन

सदरलाइन संवाददाता १२ आश्विन २०७८, मंगलवार १६:३१
 

नेपालगञ्ज : सेनेटरी प्याडमा भएको मुल्य वृद्धिको विराधमा मंगलवार नेपालगञ्जमा बिरोध प्रदर्शन गरिएको छ । महिनावारी मैत्री वातावरण बनाउन सरकारलाई दवाव दिने उद्देश्यले जिल्लाका युवाहरुले विरोध प्रदर्शन गरेका हुन् ।

‘स्वास्थ्य क्षेत्रमा हाम्रो योगदान, निःशुल्क सेनेटरी प्याड अभियान’ भन्ने नारासहित उनीहरुले वीपी चोकबाट ¥याली निकाले थिए । र्यालीसहित उनीहरुले बाँकेका प्रमुख जिल्ला अधिकारी, नेपालगञ्ज उपमहानगरपालिकाका मेयर तथा उपमेयरलाई ज्ञापन पत्र बुझाइएको अभियान्ता स्वेता गुरुङले जानकारी दिइन् ।


किशोरी अभियानमा क्रियाशील विभिन्न संघसंस्थाको आयोजनामा विरोध र्याली प्रदर्शन भएको हो । उनीहरुले कण्डम जस्तै सेनिटरी प्याडलाई पनि निःशुल्क गराउनु पर्ने माग राखेका थिए । पछिल्लो पटक सरकारले सेनिटरि प्याडमा कर बढाएको भन्दै उनीहरु सडकमा आएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भाटभटेनीमा बिक्रि हुने बेकरी म्याद गुज्रेको कच्चा पदार्थले तयार गरेको खुलासा

१२ आश्विन २०७८, मंगलवार १६:३१
नेपालगञ्ज  : नेपालगञ्जको भाटभटेनी सुपरमार्केटबाट बेकरी खरिद गर्ने उपभोक्ताहरुका लागि दुखद खबर छ । सो सुपरमार्केटमा बिक्रिको लागि उत्पादन हुने बेकरी जति म्याद गुज्रेका कच्चा पदार्थ प्रयोग गरी तयार गरिने खुलासा भएको छ । उपभोक्ता हित संरक्षण समिति बाँकेको संयुक्त बजार अनुगमन टोलीले मंगलबार नेपालगञ्जको कारकादोमा अबैध रुपले सञ्चालनमा रहेको […]