श्रीमतीको हत्या गरेको आरोपमा बाँकेमा एक जना पक्राउ

सदरलाइन संवाददाता १० आश्विन २०७८, आईतवार १५:५१
 

नेपालगञ्ज : बाँकेमा श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेको छन् । कोहलपुर नगरपालिका ३ भगरीया बस्ने ३४ वर्षिय प्रकाश न्यौपालाई प्रहरीले श्रीमतीको हत्या अरोपमा पक्राउ गरेको हो ।

प्रकाशले आफ्नै श्रीमती लक्ष्मीलाई कुटपिट गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको थियो ।


घाइते लक्ष्मीको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा ४ संक्रमित थपिए, ५ डिस्चार्ज

१० आश्विन २०७८, आईतवार १५:५१
नेपालगञ्ज : बाँकेमा आइतवार थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६५ नमुना परीक्षण गर्दा थप ४ ननामा भाइरस संक्रमण पुष्टि भएको हो । ती सबै जिल्लाका बाहिरका हुन् । यस्तै आइतवार थप ५ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या भने १७ हजार ७ […]