भेरीको इमरजेन्सी वार्डसमेत संक्रमितले भरिभराउ

सदरलाइन संवाददाता २९ बैशाख २०७८, बुधबार १७:२७
 

नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी अस्पतालको इमरजेन्सी वार्डसमेत कोरोना संक्रमितले भरिएको छ । इमरजेन्सी वार्डमा मात्र १४ जना कोरोना संक्रमित उपचाररत रहेको भेरी अस्पतालले जनाएको छ । इमरजेन्सी वार्डमा उपचाररत अन्य विरामीमा पनि कोरोना संक्रमण लक्षण भएका विरामी रहेको एक स्वास्थ्यकर्मीले बताए ।


त्यसैगरि, इमरजेन्सी वार्ड बाहिर रहेको ज्वरो क्लिनिक पनि संक्रमितले भरिएको छ । टेन्टले बनाइएको उक्त ज्वरो क्लिनिकमा चार जना संक्रमित रहेका छन् । भेरी कोरोना विशेष अस्पतालमा पनि क्षमता भन्दा धेरै विरामी उपचाररत छन् भने कोरोना विशेष अस्पतालको ग्यालरीमा समेत विरामी रहेको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा १३ जना कोरोना संक्रमितको मृत्यु

२९ बैशाख २०७८, बुधबार १७:२७
नेपालगञ्ज  : बाँकेमा बिहीबार दिउसोसम्म १३ जना कोरोन संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीका अनुसार नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत ८ जना र भेरी अस्पतालमा उपचाररत ५ जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो । बुधबार बेलुकी र बिहीबार […]