गिरीको निधनप्रति काँग्रेस बाँकेद्वारा दुःख व्यक्त

सदरलाइन संवाददाता ५ भाद्र २०७९, आईतवार १४:३८
 

नेपालगञ्ज : नेपाली कांग्रेसका नेता, बैचारिक र समाजवादी चिन्तक प्रदिप गिरीको निधनप्रति नेपाली कांग्रेस बाँकेले दुःख व्यक्त गरेको छ । पार्टी सभापति नारायणप्रसाद गौडेलले आइतवार एक शोक वक्तब्य जारी गर्दै पूर्व केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य गिरीको असामयिक निधनले नेपाली कांग्रेस बाँके स्तब्ध र मर्माहत भएको जनाएका छन् ।

गिरीको निधनले पार्टी र समग्र मुलुकलाई अपूरणीय क्षती पुगेको शोक बक्तब्यमा उल्लेख छ । सभापति गौडेलले स्वर्गीय गिरीले नेपाली कांग्रेसको संगठन विस्तार र लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदान सदा स्मरणीय रहने भन्दै गिरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।


मृत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको छ । गिरीको गएराती साढे ९ बजे मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । उनी घाँटीको क्यान्सर र निमोनियाबाट पीडित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेको खुला कारागार प्रयोगविहीन

५ भाद्र २०७९, आईतवार १४:३८
नेपालगञ्ज : खुला कारागारसम्बन्धी कार्यविधि नहुँदा बाँकेको खुला कारागारको संरचना प्रयोगविहीन अवस्थामा पुगेको छ । नेपालगञ्ज उपमहानगरसँग जोडिएको जानकी गाउँपालिका–६ स्थित गनापुरमा एक दशकअघि कारागार भवन निर्माण भएको थियो । बाँके जिल्ला कारागार प्रमुख रामकुमार सोनकरले खुला कारागार सञ्चालन कार्यविधि नबनेका कारण निर्माण भएका संरचना अझै प्रयोगमा आउन नसकेको जानकारी […]

सम्बन्धित