सल्यानमा बालिका बलात्कारको आरोपमा दुई पक्राउ

सदरलाइन संवाददाता २४ असार २०७९, शुक्रबार १४:५१
 

सल्यान : सल्यानमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जबरजस्ती करणी गर्ने जाजरकोट भेरी नगरपालिका–१२ बेलगार निवासी २२ वर्षीय रमेश भण्डारी र १९ वर्षीय डिल्ली बस्नेत पक्राउ परेका हुन । उनीहरुलाई जाजरकोटबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।


दुईजनालाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत सल्यानबबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख सुमित खड्काले जानकारी दिए ।

उनका अनुसार, यही असार २२ गते कुमाख गाउँपालिका–१ की १४ वर्षीया बालिका राति ठूलीआमाको घरमा सुत्न गएकी बालिकामाथि ति दुई युवकले जबरजस्ती करणी गरेका थिए । त्यसपश्चत दुवैजना फरार भएक थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भेरी अस्पतालको मेसुमा डा.बद्री चापागाई नियुक्त

२४ असार २०७९, शुक्रबार १४:५१
नेपालगञ्ज : भेरी अस्पतालको मेसुमा डा.बद्री चापागाई नियुक्त भएका छन् । भेरी अस्पतालमा कार्यरत प्रमुख कन्सल्टेन्ट चर्म रोग विशेषज्ञ डा. चापागाईलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेसुमा नियुक्त गरेको पूर्व मेसु डा. प्रकाश थापाले जानकारी दिए । डा. चापागाई ११ औं तहका हुन् ।