कानून, न्याय तथा मानवअधिकार समितिद्वारा कारागार र बालसुधार गृह अनुगमन

सदरलाइन संवाददाता १४ चैत्र २०८०, बुधबार २०:०६
 

नेपालगञ्ज  : प्रतिनिधि सभाको कानून, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले बाँकेमा रहेका कारागार र बालसुधार गृहको स्थलगत अनुगमन गरेको छ ।

सो टोलीले अनुगमन गरी बालसुधार गृह प्रशाशन, कारगार प्रशासन, कैदिबन्दी, बालविज्याईकर्ता लगायतसंग अन्तरक्रिया गरी अवस्था बुझेको थियो ।

कानून, न्याय तथा मानवअधिकार समितिका सभापति सुवेदीले देशभरका बालसुधार गृह र कारागारको अवस्थाको बारेमा स्थलगत अनुगमन र अन्तरक्रिया गरी सुझाव संकलन गर्न ३ वटा टोलि परिचालित भएको बताईन ।

उनले कारागार कार्यालय बाँके नेपालगञ्ज तथा जयन्दु बालसुधार गृहमा क्षमता भन्दा बढी कैदीबन्दी थुनुवा र बालविज्याईकर्ता रहेको पाईएको बताउदै अनुगमनको क्रममा कारागार र बालसुधार गृहमा मानव अधिकारको अवस्था, गर्नुपर्ने नीतिगत सुधारलगायतका विषयमा सुझाव संकलन गरिएको बताईन ।


कारागार कार्यालय बाँकेमा ३ सय ५० क्षमताको रहेकोमा ८ सय ९६ जना कैदी बन्दी रहेका छन । यसैगरी बाल सुधार गृहमा १ सय ९० जनाको क्षमता रहे पनि २ सय ४० जना रहेका छन । क्षमता भन्दा अधिक कैदी बन्दी थुनुवा र बालविज्याईकर्ता रहदा उनीहरुको बसाई पनि अत्यन्तै नाजुक अवस्थामा रहेको पाईएको थियो ।

सो प्रतिनिधि मण्डलमा सभापति सुवेदीसहति चन्द्रबहादुर विश्वकर्मा, धु्रवबहादुर प्रधान, पूर्णबहादुर घर्ती, शेरबहादुर कुँवर सोविता गौतम, दिपा शर्मा, उपसचिव अधिराज राई कार्यलय सहायक सपना चौधरी लगायत रहेका छन् ।

बाँके कारागार कार्यालयका प्रशाशक अर्जुन जंग शाह र जयन्दु बालसुधार गृहका ईन्चार्ज बिमला काउचा मगरले आ–आफ्नो समस्याका बारेमा जानकारी गराएका थिए । सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, प्रहरी प्रमुख सुभाष चन्द्र बोहरा, बाँके प्रहरी प्रवक्ता नारायाण डाँगी लगायतले आ–आफ्नो सुझाव दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा पहिलो दिनको परीक्षा शान्तपूर्ण सम्पन्न

१४ चैत्र २०८०, बुधबार २०:०६
नेपालगञ्ज : बिद्यार्थी जीवनको फलामे ढोकाको रुपमा मानिएको एसईई परिक्षा बाँकेमा पहिलोदिन अंगे्रजी विषयको परीक्षा शान्तपूर्ण तरिकाले सम्पन्न भएको छ । बाँकेका ८ वटै पालिकाकामा तोकिएका विभिन्न ३४ वटा परीक्षा केन्द्रबाट ४ हजार ५ सय ३० छात्रा र ४ हजार ७ सय ६३ छात्रसहित ९ हजार २ सय ९३ जना […]