बैतडीमा एक व्यापारी मृत भेटिए, हत्याको आशंका

सदरलाइन संवाददाता ७ आश्विन २०७८, बिहीबार १३:१३
 

बैतडी : बैतडीमा बिहीवार एक व्यापारी मृत अवस्थामा फेला परेका छन् । सुर्नया गाउँपालिका ४ को लेकडाँडा घर भई सन्सेरीमाण्डौमा मासु पसल व्यवसाय गर्दै आएका ४५ वर्षीय कमल सिंह महरा मृत फेला परेका हुन् ।

महरा संसेरी माण्डौकै एक पसल अगाडि मृत फेला परेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । कमलसिंहको शव बिहीबार बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतक महराको टाउको, छाती र शरीरका अन्य भागमा पनि चोट रहेको छ । घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनका प्रमुख राजेश शाही नेतृत्वको टोली घटनास्थलमा खटिएको छ ।

कमलसिंहको हत्या गरेर फालेका आशंका गरिएको छ । प्रहरीले भने घटनाको अनुसन्धान कार्य सुरु गरिएकोले मृत्युको कारण हत्या हो या अरू नै कारण हो अहिले नै भन्न नसकिने जनाएको छ । स्थानीयले भने घटनाको सूक्ष्म ढंगबाट छानविन गरिनुपर्ने माग गरेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्वदेश फर्किनेहरुको जमुनाहा नाकामा लर्को

७ आश्विन २०७८, बिहीबार १३:१३
नेपालगञ्ज : नेपालगञ्जको जमुनाह नाका भएर दैनिक करिव १५ सय व्यक्तिहरु स्वदेश भित्रिरहेका छन् । दसैं तिहारजस्ता महत्वपूर्ण चाडपर्व नजिकिएसँगै रोजगारीको शिलशिलामा भारतका विभिन्न सहर पुगेका नेपालीहरु चाडपर्व मनाउन स्वदेश फर्किरहेका हुन् । लुम्बिनी तथा कर्णाली प्रदेशका अधिकांश युवाहरु रोजीरोटीका लागि भारत जाने गरेका छन् । मौसमीरुपमा भारत जानेहरु महत्वपूर्ण […]