किसान महासंघ बाँकेका २७ जना स्वयंसेवक रूकुम पुगे

सदरलाइन संवाददाता ११ मंसिर २०८०, सोमबार १४:४५
 

नेपालगञ्ज : अखिल नेपाल किसान महासंघ बाँकेका २७ जना नेता कार्यकर्ता भुकम्प पीडित पश्चिम रूकुममा पूनर्निमाणका लागि पुगेका छन् । महासंघका केन्द्रीय सचिव एवम् लुम्बिनी प्रदेशका पूर्व कृषि मन्त्री आरति पौडेलको नेतृत्वमा पुनर्निर्माण स्वयंसेवक भएर सेवा गर्न सो टोली गएको हो ।

नेकपा (एमाले) जनवर्गीय संगठन महासंघको स्वयंसेवक टोलीले १० दिनसम्म पश्चिम रूकुमको आठविसकोट गाउँपालिकाका भुकम्प पीडित नागरिक अस्थायी आवास तथा सार्वजनिक संरचना निर्माण सेवा गर्ने महासंघका जिल्ला अध्यक्ष कृष्णविक्रम केसीले जानकारी दिए । उनले स्वयंसेवक टोलीमा महासंघ केन्द्रीय सदस्य, लुम्बिनी प्रदेश कमिटी सदस्यहरू र बाँके जिल्ला कमिटी नेता कार्यकर्ता सहभागी रहेको बताए ।


महासंघको स्वयंसेवक टोलीले पुनर्निर्माणमा स्थानीय विपद व्यवस्थापन समिति तोकेका स्थानमा नागरिकका व्यक्तिगत र सार्वजनिक विद्यालय जस्ता अति आवश्यक संरचना निर्माणमा सेवा गर्ने छ । स्वयंसेवक टोली महासंघको केन्द्रीय टोलीसँग समन्वयमा काम गर्ने छ । यसका साथै स्वयंसेवक टोलीले आवतजावत र बसोवासको समेत महासंघकै व्यवस्थापनमा गर्ने छ । स्वयंसेवक टोली विदाइ नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीका सदस्य गोपाल गिरीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बालिका पुजा चौधरीेले बनिन् गुलरियाको उपमेयर

११ मंसिर २०८०, सोमबार १४:४५
नेपालगञ्ज : बालबालिकाको अधिकार संरक्षणका लागि बालिका पुजा चौधरीेले टेक ओभर गर्दै सांकेतिक रुपमा बर्दियाको गुलरिया नगरपालिकाको उपमेयरको भूमिका निर्वाह गर्ने अवसर पाइन् । १२ औं अन्तर्राष्ट्रिय बालिका दिवस २०२३ को अवसरमा बर्दियाको गुलरिया नगरपालिकामा सञ्चालित शसक्त बालिका परियोजना अन्तर्गत गल्र्स टेक ओभर कार्यक्रममा चौधरीले उपमेयरको भूमिका निर्वाह गरेकी हुन् […]