कटुवा पेस्तोलसहित एकजना पक्राउ

सदरलाइन संवाददाता १ मंसिर २०७८, बुधबार १२:२९
 

नेपालगञ्ज : रूपन्देहीको तिलोत्तमा नगरपालिका–१४ दुर्गानगरबाट एक थान कटुवा पेस्तोलसहित युवक पक्राउ परेका छन् । तिलोत्तमको बिन्दुनगरका २८ वर्षीय सन्दिप थापालाई मंगलबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


पेस्तोल लिएर हिँडिरहेको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय भैरहवा र प्रहरी चौकी चिल्हियाबाट खटिएको प्रहरी टोलीले हतियारसहित उनलाई नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

घटेको विद्युतको नयाँ महसुल दर बुधवारदेखि लागू

१ मंसिर २०७८, बुधबार १२:२९
नेपालगञ्ज : नेपाल सरकारले घटाएको विद्युतको नयाँ महसुल दर बुधवारदेखि लागू भएको छ । नेपाल विद्युत प्राधिकरणले गरेको प्रस्तावअनुसार विद्युत नियमन आयोगले निर्धारण गरेको नयाँ महसुल दर लागू भएको हो । विपन्न नागरिकहरूलाई लक्षित गरी ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने ग्राहस्थ वर्गका उपभोक्ताहरूलाई इनर्जी शुल्क नलाग्ने र न्यूनतम […]