स्वदेश फर्किनेहरुको जमुनाहा नाकामा लर्को

सदरलाइन संवाददाता ७ आश्विन २०७८, बिहीबार १७:०९
 

नेपालगञ्ज : नेपालगञ्जको जमुनाह नाका भएर दैनिक करिव १५ सय व्यक्तिहरु स्वदेश भित्रिरहेका छन् । दसैं तिहारजस्ता महत्वपूर्ण चाडपर्व नजिकिएसँगै रोजगारीको शिलशिलामा भारतका विभिन्न सहर पुगेका नेपालीहरु चाडपर्व मनाउन स्वदेश फर्किरहेका हुन् ।

लुम्बिनी तथा कर्णाली प्रदेशका अधिकांश युवाहरु रोजीरोटीका लागि भारत जाने गरेका छन् । मौसमीरुपमा भारत जानेहरु महत्वपूर्ण चाडपर्व र खेतीपातीको समयमा भने स्वदेश फर्किने गर्छन् ।

स्वदेश फर्किदै गरेका उनीहरुले नाकामा भारतीय तथा नेपाली सुरक्षाकर्मीबाट दुव्र्यवहारसँगै अनावश्यक झमेला वेहोर्नु परेको गुसानो सुनाउने गर्छन् ।


भारतीय सुरक्षा बल एसएसवी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले चेकजाँचका नाममा रकम समेत अशुल्ने गरेको उनीहरुको दुखेसो छ । तर प्रहरीले भने उनीहरुको सहजयात्राका लागि आफुहरुले सहजिकरण गर्दै आएको दावी गर्ने गरेको छ ।

यसरी भारतबाट फर्किएका नागरिकलाई गन्तव्यसम्म पुर्याउनेदेखि उनीहरुको गुनासो सम्वोधनका लागि जमुनाह नाकामा तत्काल नागरिक सहायता कक्ष सञ्चालनको तयारी समेत भइरहेको जमुनाह प्रहरीका इन्चार्ज पूर्ण खत्रीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा बिहीवार तेह्र जनामा कोरोना पुष्टि

७ आश्विन २०७८, बिहीबार १७:०९
नेपालगञ्ज : बाँकेमा बिहीवार थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा १५३ नमुना परीक्षण गर्दा १३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ७, मेडिकल कलेज कोहलपुरमा ५ र बागेश्वरी ल्यावमा १ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीमध्ये बाँकेका ८ […]

सम्बन्धित