नेपालगञ्जमा अवधि भाषा र साहित्यको संरक्षणमा जोड

सदरलाइन संवाददाता ३ मंसिर २०८०, आईतवार १४:१९
 

नेपालगञ्ज : पश्चिम नेपालको अवध क्षेत्र मानिने बाँके र बर्दियामा सदियौंदेखिको अवधी संस्कृति, भाषा र साहित्यको संरक्षण र सम्वर्धनमा विशेष पहल गर्नुपर्नेमा अगुवाहरुले जोड दिएका छन् ।

यहाँ आयोजना गरिएको अवधि सांस्कृतिक प्रतिष्ठान नेपाल नेपालगञ्जको तेस्रो अधिबेशनको अवसरमा मन्तव्य राख्ने अधिकांश अवधिभाषि अगुवाले अवधी संस्कृति, भाषा र साहित्यको उचित संरक्षण नहुँदा लोप हुने अवस्थामा पुगेको चिन्ता व्यक्त गर्दै संरक्षणमा जोड दिएका हुन् ।

वरिष्ठ अवधी साहित्यकार रामगोपाल गुप्ताले अवधि संस्कृति र साहित्यको संरक्षणमा निजीक्षेत्र र सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।

यसैगरी अवधी पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्रले नेपालमा अवधी भाषा र साहित्यको विकासको उपलब्धी र अवधी क्षेत्रको विकासका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराए ।


कार्यक्रममा वरिष्ठ साहित्यकार पूर्व प्राज्ञ सनत रेग्मी, महेन्द्र पुस्तकालयका सदस्य कृष्णमुरारीप्रसाद भट्ट, अधिबक्ता विश्वजीत तिवारी, साहित्यकार मधइसिंह सिख्ख, सब्बीर रहीमानीलगायतले अवधी भाषा, साहित्य र कला क्षेत्रको विकासका लागि अवधी क्षेत्रका लोकगीत, कथा कहानीलाई संकलन गरी अभिलेखीकरण गर्नुपर्नेमा जोड दिए ।

प्रतिष्ठानको तेस्रो अधिवेसनले रमेशचन्द्र कुमालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिमा मधईसिंह सिख्ख, वीरेन्द्र यादव, कृष्णा पाठक, जहिरुल हक जीनु, चन्दा सिंह, अल्पना बैश्य, नीलम शर्मा, सतीश पाठक, नितेष विश्वकर्मा, सुशीला बैश्यलाई सर्वसम्मत चयन गरिएको छ ।

सर्वसम्मत रुपमा चयन भएको समितिको बैठकले विभिन्न पदाधिकारी चयन गर्ने प्रतिष्ठानका सस्थापक विष्णुलाल कुमालले बताए । सो अवसरमा साहित्यकारहरु मधईसिंह सिख्ख, सब्बीर रहीमानी र नितेश विश्वकर्मा विभिन्न रचनाहरु प्रस्तुत गरेको प्रतिष्ठानका सदस्य जहिरुल हक जीनुले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ समापन

३ मंसिर २०८०, आईतवार १४:१९
नेपालगञ्ज : नेपालगञ्जस्थित बागेश्वरी मन्दिर परिसरमा अवस्थित तलाउमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर धुमधामका साथ छ्ठ पर्व मनाइएको छ । मुख्य छ्ठ पूजा स्थल बागेश्वरी मन्दिर तलाउमा ठूलो संख्यामा भक्तजन उपस्थित भएर सूर्यको उपासना गरेका छन् । उदाउँदो सूर्यलाई अर्घ्य दिएसंगै छ्ठ समापन भएको छ । सोमवार विहान ब्रतालुले उदाउँदो सूर्यलाई […]