बाँसगढी नगरपालिकामा बालविवाह विरुद्धका गतिबिधिमा जनप्रतिनिधिको चासो

सदरलाइन संवाददाता ६ आश्विन २०७८, बुधबार २०:२१
 


बाँसगढी (बर्दिया) :  बर्दियाको बाँसगढी नगरपालिकाका जनप्रतिनिधिले बालविवाह विरुद्धको अभियानमा विषेश चासो दिएका छन् । प्लान नेपालको आर्थिक सहयोग तथा बाँके युनेस्को क्लवको संयोजनमा संचालित कार्यक्रममा नगरपालिकाका मेयर शालिकराम अधिकारी लगायतका जनप्रतिनिधि बालबिबाह बिरुद्धको अभियानमा चासो देखाएका हुन ।

बुधबार नगरको वडा नम्बर ६ मा बालविवाह बिरुद्धको बृहत्त सेचतना र्याली निकालिएको छ । सो वडाको नौ वटा टोलबाट बालविवाह विरुद्ध नाराहरु लगाउँदै निस्किएका नौ वटै र्यालीले वडाको परिक्रमा गरेर वडा कार्यालयमा पुगेर कोणसभामा परिणत भएका थिए ।

सो सभालाई सम्बोधन गर्दै मेयर अधिकारीले २० वर्ष पुरा नभई विवाह गर्नु सामाजिक अपराध भएको बताउँदै कसैले पनि सो नगर्न र कसैैलाई पनि गर्न नदिन त्यहाँ रहेकाहरुबाट प्रतिवद्धता लिएका थिए । उनले सो अवसरमा बालविवाहले पर्ने स्वास्थ्य समस्या लगायत अन्य समस्याहरुका बारेमा पनि प्रष्ट पारेका थिए ।

सो कार्यक्रम वडा नम्बर ६ का वडा अध्यक्ष दशरथ थारुको अध्यक्षतामा सम्पन्न भएको थियो । र्याली र सभामा बाल क्लबका सदस्य र पदाधिकारी, विभिन्न संजाल, महिला, युवा, बरघर, धार्मिक गुरु, बालबालिका, जनप्रतिनिधि, प्रहरी, शिक्षक र कर्मचारी लगायत गरेर तीनसय जनाको सहभागिता रहेको परियोजनाका संयोजक बसन्त विसीले जानकारी दिए ।


बासगढीका मेयर अधिकारीे बालविवाह विरुद्धको हरेकजसो अभियानमा निरन्तर सक्रिय भएर लागेको र आफ्नो पालिकाका कसैले पनि वालविवाह नगरोस र बालबालिकाको अधिकार पनि हनन् नहोस् भन्ने उदेश्यले आफु स्वयम दिनरात खटिएको बताउछन ।

स्थानीय सरकारका प्रमुखको नाताले उनलाई आफ्नो पालिकाको सबै काममा खटिनुपरे पनि बालविवाह रोकथाम र नियन्त्रणका लागि उनी विशेष ध्यान दिदै लागेको अन्य जनप्रतिनिधिहरुले पनि बताउँदै आएका छन् ।

बाँके युनेस्को क्लबले प्लान इन्टरनेसनल नेपालको सहयोगमा बासगढीसहित बर्दिया जिल्लाका चारवटा पालिकामा ‘बालविवाह, कम उमेरमा गर्ने विवाह र जबरजस्ती गर्ने विवाह रोकथाम परियोजना’ सञ्चालन गरिरहेको छ ।

सो परियोजनाले आयोजना गरेका हरेकजसो कार्यक्रम र गतिविधिमा मेयर अधिकारी आफै सक्रियतापुर्वक लाग्दै आएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताए । उनले मेयर अधिकारीको सहयोग र सक्रियताले गर्दा आफुहरुलाई उत्साहित बनाएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा एक लाख पुरस्कारको फुटबल प्रतियोगिता हुने

६ आश्विन २०७८, बुधबार २०:२१
नेपालगञ्ज : नेपालगञ्जमा एक लाख बढी पुरस्कार रहेको फुटबल प्रतियोगिता हुने भएको छ । रोयल नेपालगञ्ज फुटबल क्लवले असोज १५ गतेदेखि नेपालगञ्ज रंगशालामा प्रथम बागेश्वरी नकआउट फुटबल प्रतियोगिता गर्न थालेको हो । बाँके जिल्लाका खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले क्लवले प्रतियोगिता गर्न थालेको रोयलका अध्यक्ष एवं एन्फा लुम्बिनीका उपाध्यक्ष सूर्यमणि अधिकारीले […]