नेपालगञ्जमा जथाभाबी फोहोर फाल्नेलाई जरिवाना

सदरलाइन संवाददाता २६ फाल्गुन २०८०, शनिबार १७:२४
 

नेपालगञ्ज : आफ्नो व्यावसायिक प्रतिष्ठान वा घरबाट निस्कने फोहोरलाई जथाभाबी फाल्ने र निर्माण सामग्री सडकमा राखेर सडक अवरुद्ध गर्नेलाई जरिवाना गरिएको छ ।

उपमहानगरको निर्णयविरुद्ध फोहोर जथाभाबी फाल्ने र सडकमा निर्माण सामग्री राख्नेबाट नगद जरिवाना असुल गरेर सो कार्य नगर्न कडाइ सुरु गरिएको उपमहानगरले जनाएको छ ।

पटक–पटकको आग्रह र सूचनाको बेवास्ता गर्दै सडकमा जथाभाबी फोहोर फाल्ने र निर्माण सामग्री राखेर सडक अवरुद्ध गर्नेक्रम नरोकिएपछि जनही पाँच हजार रुपैयाँ नगद जरिवाना असुल गर्न शुरु गरिएको नेपालगञ्ज उपमहानगरका मेयर प्रशान्त विष्टले बताए ।

उनले उपमहानगरको अनुरोधलाई बेवास्ता गर्दै अटेरी गर्ने आठ व्यापारिक फर्म, बैङ्क तथा पसलबाट पाँच हजार रुपैयाँका दरले जरिवाना असुल गरिएको बताए । यसरी सडकमा जथाभाबी फोहोर फालेर जरिवाना तिर्नेहरूमा ग्लोबल आइएमई बैङ्क, राही मार्ट, शर्मा प्लास्टिक, एटुजेड मोबाइल पसल, रोयल कर्णाली मार्ट, राहुल मःम सेन्टर र मयुरिया रेस्टुरेन्ट एण्ड बार रहेको नेपालगञ्ज उपमहानगरले जनाएको छ ।

ती सबै व्यापारिक प्रतिष्ठानले सडकमा जथाभाबी फोहोर फालेको भेटिएपछि नेपालगन्ज उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५ बमोजिम पाँच हजार तथा पुष्पा इलेक्ट्रिकल्स सप्लायर्सलाई सडकमा २४ घण्टाभन्दा बढी समयदेखि निर्माण सामग्री राखेर सडक अवरुद्ध गरेबापत पाँच हजार रुपैयाँ जरिवाना गरिएको मेयर विष्टले बताए ।


यसअघि उपमहानगरका विभिन्न स्थानका पसल–पसलमा पुगेर मेयर विष्ट, नगर प्रहरी, नेपालगन्ज उद्योग वाणिज्य सङ्घ, नागरिक समाज, होटल व्यवसायी सङ्घ लगायतको सर्वपक्षीय टोलीले पटक–पटक सडकमा जथाभाबी फोहोर नफाल्न आग्रह गर्दै त्यसो गरिएको पाइएमा जरिवाना गर्ने जानकारी गराएको थियो ।

हाल आएर सडकमा फोहोर फाल्ने र लामो समयसम्म निर्माण सामग्री सडकमै थुपार्नेलाई जरिवाना गर्न सुरु गरिएको जनाइएको छ । यसअघि नेपालगञ्ज उपमहानगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि सर्वसाधारणमा चेतना जगाउन विभिन्न प्रकारका सचेतनासम्बन्धी अभियान समेत सञ्चालन गरेको थियो ।

नेपालगञ्ज उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५ मा पाँच हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने प्रावधान छ ।

नेपालगञ्जका उपमेयर कमरुद्दीन राईले जथाभाबी फोहोर नफाल्न र सडकमा निर्माण सामग्री नथुपार्न पुनः आग्रह गर्दै त्यस्तो गरिएको पाइएमा जोसुकै भए पनि जरिवाना गरिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

छात्रा क्रिकेटको उपाधि त्रिभुवन माविलाई

२६ फाल्गुन २०८०, शनिबार १७:२४
नेपालगञ्ज : कोहलपुर प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानमा आयोजित छैठौं अन्तर मावि स्तरीय उपमेयर यु १९ छात्रा क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन नुमना माध्यामिक विद्यालय कोहलपुरले हात पारेको छ । शनिवार भएको फाइनलमा बालशिक्षा माध्यामिक विद्यालय भरैयालाई १० रनले पराजित पार्दै त्रिभुवनले उपाधि जितेको हो । उपाधिसँगै त्रिभुवनले नगद २१ हजार, मेडल, […]

सम्बन्धित