बाँकेमा फरार प्रतिवादी पक्राउ

सदरलाइन संवाददाता १४ कार्तिक २०७८, आईतवार १५:२२
 

नेपालगञ्ज : बाँके प्रहरीले दुर्लभ वन्यजन्तु रेडपाण्डा ओसारपसार मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

बैजनाथ गाउँपालिका–६ बस्ने ४२ वर्षीय नरबहादुर वलीलाई घरबाटै आइतवार पक्राउ गरिएको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए । वलीलाई २०७७ साल असोज २ गते जिल्ला अदालतले दोषी ठहर गरेको थियो ।


अदालतले वलीलाई ५ वर्ष ५ महिना १४ दिनको फैसला सुनाएको थियो । त्यसपछि उनी फरार थिए । पक्राउ परेका वलीलाई आजै जिल्ला अदालतमा बुझाईको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

योग समिति नेपालद्वारा धार्मिक पर्यटन प्रबर्धनमा जोड

१४ कार्तिक २०७८, आईतवार १५:२२
नरैनापुर (बाँके) : योग समिति नेपालले नरैनापुरको गोर्बधन धाम धार्मिक पर्यटन प्रबर्धनमा जोड दिएको छ । नेपालगञ्जबाट पुगेको समितिको जम्वो टोलीले आन्तरिक धार्मिक पर्यटनका लागि गोर्बधन धाम उपयुक्त स्थल रहेकाले आवश्यक प्रचारप्रसारमा जोड दिएको हो । नरैनापुर गाउँपालिकादेखि उत्तर र राप्तीसोनारी गाउँपालिकादेखि दक्षिणमा रहेको उक्त धामको विकासका लागि पालिका अध्यक्ष […]