स्टीम एजुकेशन सम्बन्धी तीन दिने तालिम सम्पन्न

सदरलाइन संवाददाता ५ आश्विन २०७८, मंगलवार १७:४२
 


बर्दिया :  बर्दियाको राजापुर, ठाकुरबाबा, बारबर्दिया, गुलरिया, मधुवन नगरपालिका र गेरुवा गाउँपालिमा परियोजना संचालन भएका स्थानीय तहका शिक्षा शाखा प्रमुख एवम शिक्षा समितिका पदाधिकारीहरुका लागि स्टिम एजुकेशन सम्बन्धी तीन दिने क्षमता बिकास तालिम सम्पन्न भएको ।

विद्यालयतहको शिक्षालाई गुणस्तरीय बनाउने उद्देश्यले गत आइतवारदेखि ठाकुरद्वारामा आयोजना गरिएको तीन दिने स्टीम एजुकेशन तालिम मंगलबार सम्पन्न भएको हो । विद्यालयमा लैंगिक समानता प्रवर्दन गर्न तथा लैंगिक संवेदनशिल शिक्षण सिकाई पद्धतिलाई अंगिकार गरी कक्षा सञ्चालन गर्ने उद्देश्यले स्टिम सम्बन्धी शिक्षण तालिम संचालन गरिएको हो ।

प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय कर्णाली प्रदेश सुर्खेतको आर्थिक सहयोग र सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारी तथा राजापुर, ठाकुरबाबा, बारबर्दिया, गुलरिया, मधुवन नगरपालिका र गेरुवा गाउँपालिको समन्वय, सहकार्यमा सिकाई परियोजना संचालन नगरपालिकाका शिक्षा शाखा प्रमुख एवम शिक्षा समितिका पदाधिकारीलाई तालिममा सहभागी गराइएको थियो ।


शिक्षकलाई विद्यालयमा गरिने शिक्षण सिकाई पद्धति र कक्षाकोठा व्यवस्थापनमा रुपान्तरण गर्न लैंगिक संवेदनशिल शिक्षण सिकाई विधि र प्रक्रियाको बारेमा सहभागिको ज्ञान र सिपमा अभिवृद्घि भई विद्यालय तहमा पाठ्यक्रममा भएको बिषयगत पाठको सहजीकरण गर्न र शिक्षण सिकाइमा मद्घत पुग्ने अपेक्षा गरिएको छ ।

तालिममा स्टिम शिक्षाका विविध पक्षहरु, स्टिम शिक्षण विधि, स्टिम विषयवस्तुहरु तथा नेपाल सरकारले हालै लागु गरेको इन्टीग्रेटेड पाठ्यक्रमका पक्षहरुमा प्रशिक्षण गरिएको छ । तालिमलाई त्रिभुवन बिश्वबिद्यायका स्टीम म्याथमेटिक्स स्टीम एजुकेशनका उपप्रधाध्यक इन्द्रमणी श्रेष्ठले सहजीकरण गरेका थिए । तालिममा १८ जनाको सहभागीता रहेको परियोजना अधिकृत लक्ष्मीप्रसाद शर्माले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले अध्यक्ष ओली बाँके आउदै : आवश्यक तयारी तीव्र

५ आश्विन २०७८, मंगलवार १७:४२
  नेपालगञ्ज : नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली बुधवार बाँके आउने भएका छन् । नेकपा एमाले बाँकेको आयोजनामा हुन लागेको जिल्ला स्तरिय बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली बाँके आउने भएका हुन् । अध्यक्ष ओली आउने भएपछि एमाले कार्यकर्ताले सोहि अनुसारको तयारी गरिरहेको एमाले बाँकेका […]