एमाले अध्यक्ष ओली बाँके आउदै : आवश्यक तयारी तीव्र

सदरलाइन संवाददाता ५ आश्विन २०७८, मंगलवार १८:२४
 

 

नेपालगञ्ज : नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली बुधवार बाँके आउने भएका छन् । नेकपा एमाले बाँकेको आयोजनामा हुन लागेको जिल्ला स्तरिय बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली बाँके आउने भएका हुन् ।


अध्यक्ष ओली आउने भएपछि एमाले कार्यकर्ताले सोहि अनुसारको तयारी गरिरहेको एमाले बाँकेका जिल्ला अध्यक्ष निरक गुरुङले जानकारी दिए । पहिला बर्दियामा सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिंदै अध्यक्ष गुरुङले बाँकेमा भने दिउंसो १ बजे नेपालगञ्जको होटल शिद्धार्थ भ्युमा आयोजित कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

ओलीको स्वागतका लागि मोटरसाइकल ¥याली निकालेर बर्दिया सम्म पुग्ने कार्यक्रम समेत रहेको उनले जानकारी दिए । साथै सो कार्यक्रमलाइृ सफलता पुर्वक सम्पन्न गर्नका लागि आवश्यक तयारी तीव्र पारिएको अध्यक्ष गुरुङले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेको बैजनाथ गाउपालिकाले एकवर्षमा ४१ सय मिटर सडक कालोपत्रे सम्पन्न

५ आश्विन २०७८, मंगलवार १८:२४
बैजनाथ (बाँके) : बाँकेको बैजनाथ गाउँपालिकाले कोरोना कहरका बीचमा पनि विकास निर्माणको गतिलाई तीब्र पार्दैै ४ हजार मिटर भन्दा बढी सडक कालोपत्रे गर्नुको साथै १२ हजार मिटर सडक स्तरोन्ती र सडक ग्रावेल गरेको जनाएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७७÷०७८ मा हासिल गरेको प्रगतिको बारेमा जानकारी दिदै पालिकाका लेखा अधिकृत […]