सदरलाइनडटकम,
दार्चुला : कालापानी क्षेत्रको मिचिएको भनिएको नेपाली भूभाग निरीक्षण गर्न सोमवार पुगेका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले हेलिकोप्टर बस्न नसकेपछि हवाई निरीक्षण गरेर फर्केका छन् ।
उनले भारतले आफ्नो नक्शामा राखेको कालापानी क्षेत्रको हवाई निरीक्षण गरेका हुन् । कालापानी क्षेत्रमा बाक्लो हिउँ परेका कारण हेलिकोप्टर बस्न नसकेका कारण उनले हवाइ निरीक्षण गरेको बताइएको छ ।
दार्चुला पुगेका उपप्रधानमन्त्री नेपाली सेनाको हेलिकोप्टरमार्फत कालापानी क्षेत्रमा गएका थिए । भारतले कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नो नक्शामा राखेपछि नेपालमा उक्त भूभाग नेपालको रहेको भन्दै भारतविरुद्ध प्रदर्शनसमेत भएको थियो । यसअघि उपप्रधानमन्त्री पोखरेलले नेपालको भूमि एक इञ्च पनि नछाड्ने बताएका थिए ।
Next Post
नेपालगञ्ज महोत्सवमा चर्चित कलाकार आउने
५ फाल्गुन २०७६, सोमबार १३:०७
सम्बन्धित
-
२९ जेष्ठ २०७९, आईतवार १५:३१
राप्तीसोनारी गाउँपालिकाद्वारा वडागत बजेट विनियोजन
-
२४ चैत्र २०७४, शनिबार १८:३२
पढाईसँगै पुर्खेउली पेशा सिक्दै बालबालिका
-
१० पुष २०७७, शुक्रबार १६:२९
९० शैयाको कोरोना विशेष वार्ड सञ्चालित
-
३० बैशाख २०७७, मंगलवार १४:४३
भारतबिरुद्ध राप्रपाको प्रदर्शन
-
२२ कार्तिक २०८०, बुधबार १६:०१
भूकम्पका तीन जना घाइतेलाई काठमाडौं रिफर
-
२९ कार्तिक २०७९, मंगलवार १३:४५
जडीबुटी प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा