सदरलाइनडटकम,
कञ्चनपुर : कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गर्नका लागि आवश्यक परे कञ्चनपुरका सबै पुरुषहरुको डिएनए परीक्षण गर्न सरकारसँग माग गरिएको छ ।
निर्मला पन्तको हत्यारा पत्ता लगाउन आवश्यक परे कञ्चनपुरका सबै पुरुषहरुको डिएनए परीक्षण गर्न माग गर्दै आईतवार निर्मला न्यायको निमित्त राष्ट्रीय अभियानले काठमाण्डौ जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रालयलाई ज्ञापन पत्र बुझाएको हो ।
त्यस अवसरमा अभियानले निर्मलाको हत्यारा पत्ता लगाउन बास्तविक डिएनए परीक्षण गर्न दवाव दिँदै सांकेतिक विरोध स्वरुप शनिवार अभियन्ताहरुले काठमाण्डौमा संकलन गरेको रगतको नमूना पनि सरकारलाई बुझाएको छ ।
सरकारले हालसम्म गरेको डिएनए परिक्षण बास्तविक नभएको लागेपछि आफूहरुले सांकेतिक विरोध स्वरुप बास्तविक डिएनए परीक्षण गर्न संकलन गरिएको रगतको नमूना पनि सरकारलाई बुझाइएको अभियन्ता चेतन घिमिरेले जानकारी दिए ।
