एन्फा प्रेसिडेन्ट लिग–२०७७

धम्बोझी र त्रिवेणीको जित

सदरलाइन संवाददाता ५ चैत्र २०७७, बिहीबार १९:०२
 

नेपालगञ्ज :  नेपालगञ्जमा जारी एन्फा प्रेसिडेन्ट लिग–२०७७ को बिहीबारको खेलमा लुम्बिनी प्रदेशको धम्बोझी क्लब र गण्डकी प्रदेशको त्रिवेणी युवा क्लब लमजुङ विजयी भएका छन् ।

बिहिबार भएको पहिलो खेलमा लुम्बिनी प्रदेशको धम्बोझी क्लबले प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहटलाई ३–० ले पराजित गरेको छ । अर्को खेलमा त्रिवेणीले बागमति प्रदेशको धादिङ समाजलाई ३–१ ले पराजित गरेको छ ।

बिहिबार धम्बोझीको जितमा निसान लिम्बुको ह्याट्रिक रहेको थियो । उनले खेलको ९ औं, ३५ औ र ८८ औ मिनेटमा गोल गरेका थिए । जितसँगै धम्बोझीले लगातार दुइ खेल जितेर ६ अंक जोडेको छ ।

यसैगरी त्रिवेणीको जितमा विश्वास श्रेष्ठले पहिलो हापको ४३ मिनेटमा पहिलो गोल गरेका थिए । जय गुरुङले दोस्रो हापको ७८ र कमल श्रेष्ठले पेनाल्टी मार्फत ८८ मिनेटमा गोल गर्दै टिमलाई विजयी बनाएका थिए ।


धादिङका लागि अमिर श्रेष्ठले पेनाल्टी मार्फत ३७ मिनेट र मिकचेन तामाङले ९५औं मिनेटमा गोल गरेका थिए । प्रतियोगिता अन्तर्गत शुक्रबार सैनिक फुटबल क्लब झापा र लेकाली युवा क्लब जुम्लाबिच प्रतिस्पर्धा हुनेछ ।

चैतको १५ गतेसम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर १ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहट, प्रदेश नम्बर ३ को धादिङ समाज धादिङ, प्रदेश नम्बर ४ बाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, प्रदेश नम्बर ६ को लेकाली युवा क्लब जुम्ला र सुदुर पश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन ।

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन ।
अखिल नेपाल फुटबल संघले आयोजना गरेको पहिलो प्रतियोगिता हो एन्फा प्रेसिडेन्ट लिग । यस प्रतियोगिताको शिर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन ।

Next Post

खाद्य प्रबिधि तथा गुण नियन्त्रणको दोस्रो चौमासिक समिक्षा

५ चैत्र २०७७, बिहीबार १९:०२
नेपालगञ्ज : आवश्यक जनशक्तिको अभावमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले आफ्नो अपेक्षाकृत सफलता हासिल गर्न सकेको छैन । नेपालगञ्जमा बिहीबार आयोजित दोस्रो चौमासिक समिक्षा कार्यक्रममा सो कुरा बाहिर आएको हो । सो समिक्षामा कार्यालयको नियमित कार्यसम्पादनमा दरबन्दी अनुसार जनशक्ति नहुँदा कामको लक्ष पुरा गर्न नसकिएको निष्कर्ष निकालिएको थियो […]

सम्बन्धित