संविधान दिवसको अवसरमा बागेश्वरी मन्दीर सरसफाई

सदरलाइन संवाददाता ३ आश्विन २०७८, आईतवार ०८:५९
 


नेपालगञ्ज  : सातौ संबिधान दिवसका अवसरमा बाँकेमा विभिन्न कार्यक्रमका साथ मनाईदै छ । यस क्रममा संविधान दिवसको दिन विहान बागेश्वरी मन्दीर सरसफाई गर्नुको साथै नेपालगञ्ज रंगशालामा बृक्षा रोपण कार्यक्रम आयोजना गरिएकोे बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।

उनले संविधान दिवस मनाउने क्रममा घरघरमा राष्ट्रिय झण्डा फहराउने, साथै दिपावली गर्ने र सार्वजनिक स्थान, मठमन्दीरलगायतका धार्मिक स्थाल सरसफाई गर्ने लगायतका कार्य गरि मनाईने गरी तयारी रहेको बताए ।


यसैबीच आइतबार बिहान प्रमुख जिल्ला अधिकारी गेलालको अगुवाईमा नेपालगञ्जको बागेश्वरी मन्दीरको सरसफाई गरिएको छ । सो अवसरमा बाँकेका सुरक्षा निकायका नेपाल प्रहरी बाँकेका प्रमुख श्यामकृष्ण अधिकारी, नेपाली सेनाको भैरवप्रसाद गणका प्रमुख सेनानी जनमत कार्की, सशस्त्र प्रहरीका उपरिक्षक अशोक बम, राष्ट्रिय अनुसंन्धान बाँकेका प्रमुखलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्याब्सनको नेपालगञ्ज उपमहानगर स्तरीय कमिटीमा विकास बज्राचार्य

३ आश्विन २०७८, आईतवार ०८:५९
नेपालगञ्ज : बाँके जिल्ला प्याब्सन नेपालगञ्ज उप–महानगरपालिकाको नगर स्तरीय कमिटीको अध्यक्षमा विकास बज्राचार्य चयन भएका छन् । शनिबार नेपालगञ्जमा सम्पन्न भएको दोस्रो अधिवेशनबाट बज्राचार्यको अध्यक्षताको नगर कमिटीको चयन भएको हो । कमिटीको उपाध्यक्षमा नरेन्द्र श्रेष्ठ, सचिवमा मानबहादुर थापा, कोषाध्यक्षमा विज्ञान शाह, सह–सचिवमा हेमन्त राज काफ्ले र सह–कोषाध्यक्षमा मनहोर चन्द चयन […]

ताजा अपडेट