सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा उपचारमा आउने विरामीले औषधि अस्पतालको फार्मेसीबाट मात्रै किन्नु पर्ने प्रावधान लागु गरेपछि औषधि व्यावसायी आन्दोलित भएका छन् ।
अस्पतालको आसपासमा रहेका करिव ३५ वटा औषधि पसल बन्द गरेर उनीहरु आन्दोलनमा उत्रीएका हुन । मेडिकल कलेजले विरामीले अस्पतालको फार्मेसीबाट मात्रै औषधि किन्नु पर्ने बाध्यात्मक अवस्था सृजना गरेपछि आफुहरु आन्दोलन गर्न बाध्य भएको औषधि व्यावसायि संघ भेरीका अध्यक्ष अभय बस्नेतले बताए ।
औषधि व्यवसायि संघ बाँकेको अध्यक्ष बसन्त शर्माले उपभोक्ताको अधिकार नै कुण्ठित हुने गरी सिण्डिकेट लागू गरेको कारण आफुहरु औषधि पसल बन्द गरेर आन्दोलनको बाटो रोज्नु परेको बताउनु बताए ।
यता नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका सह निर्देशक डा. नितेशकुमार कनोडियाले अस्पतालले सुलभ दरमा र विरामीलाई सहज हुनेगरी अस्पतालले फार्मेसी सञ्चालन गरेको दाबी गरे ।
यसैबीच आन्दोलनरत औषधि व्यावसायी र मेडिकल कलेज प्रशासन बीच आईतबार भएको बर्तापछि तीन जना औषधि व्यावसायी संघका प्रतिनिधि र मेडिकल कलेजबाट २ जना गरी पाँच जनाको अध्ययन समिति निर्माण गर्नुको साथै अस्पतालमा आउने विरामीले आफु खुसि औषधि खरिद गर्न पाउने सहमति भएको छ ।
औषधि व्यावसायि संघ भेरीका अध्यक्ष बस्नेतले उपभोक्ता हित अनुसार बाध्यात्मक परिस्थिति नगर्नको लागि प्रमुख जिल्ला अधिकारी सहितको निर्देशन भएको र अस्पतालले पनि बाध्यात्मक अवस्था सृजना नगर्ने सहमति भएको जानकारी दिए ।