मौसममा सुधार आउन केही दिन लाग्ने

१० फाल्गुन २०७६, शनिबार १६:१६
 

सदरलाइनडटकम,
नेपालगञ्ज डेस्क : दुई दिनदेखि नेपालमा स्थिर रहेको पश्चिमी न्यूनचापीय वायुको प्रभाव अझै केही दिन लम्बिने अनुमान गरिएको छ । मौसमविद् शान्ति कँडेलका अनुसार नेपाल प्रवेश गरेको पश्चिमी न्यूनचापीय प्रणाली प्रकृति हेर्दा अझै एकदुई दिन रहने सम्भावना छ ।
यसले मौसम पूर्णरूपमा सुधार आउन केही दिन लाग्ने देखिएको छ । तथापी नेपालमा नयाँ मौसमी प्रणालीका अलावा प्रिमनसुनको मौसमको पूर्वअवस्था भएकाले आगामी दिनमा मौसमी गतिविधि फेरबदल भइरहने मौसमविद् कँडेलको भनाई छ ।
अबका दिनमा बिहानी पख मौसम सफा देखिएपनि अपरान्हपछि मौसम बदली हुने, मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहने बताइएको छ । अप्रिल र मे महिनालाई प्रिमनसुन मानिन्छ । उक्त अवधिमा मौसमी गतिविधि फेरबदल हुन्छ । हाल पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशका पूर्वी तथा मध्य भेगमा आंशिकदेखि सामान्य बदली रहनुका साथै पूर्वी पहाडी क्षेत्रमा हल्का वर्षा भइरहेको छ ।
काठमाण्डौसहित मध्य भेगमा बदली रहेपनि छिटफुट मात्रै वर्षा हुने मौसमविद् कँडेलले बताइन् । पूर्वी भूभागका उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ । रातको समयमा पूर्वी पहाडी क्षेत्रमा बदली रहनेछ भने बाँकी भेगमा मौसम सफा रहने महाशाखाले जारी गरेको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिनमा उल्लेख छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार बितेका २४ घण्टामा देशैभर वर्षा भएको छ । सबैभन्दा धेरै डडेलधुरामा ५१.९ र दिपायलमा ४७.८ मिलिमिटर वर्षा भएको छ । काठमाडौंमा ६.४ मिलिमिटर वर्षा भएको छ । त्यस्तै वीरेन्द्रनगरमा १२, दाङमा ११ मिलिमिटर वर्षा भएको छ । नेपालगञ्जको अधिकतम तापक्रम २५.८ र न्युनतम तापक्रम १३ डिग्री सेल्सियस रहेको छ ।

Next Post

श्री एयरलाइन्सको जहाज साढे दुई घण्टापछि उड्यो

१० फाल्गुन २०७६, शनिबार १६:१६
सदरलाइनडटकम, काठमाण्डौ : काठमाण्डौबाट नेपालगञ्ज उड्ने तयारी गर्दा प्राविधिक समस्या देखिएपछि रोकिएको श्री एयरलाइन्सको जहाज साढे दुई घण्टापछि साविककै गन्तव्यमा उडेको छ । एयरलाइन्सका महाप्रवन्धक अनिल मानन्धरले प्राविधिक समस्या समाधान गरेर १० बजेर ५१ मिनेटमा जहाज नेपालगञ्ज प्रस्थान गरेको जानकारी दिए । सो जहाज शनिवार बिहान साढे आठ बजे काठमाण्डौबाट […]

सम्बन्धित