भन्सार छलेर नेपाल भित्र्याईएका रांगा बाँके प्रहरीको नियन्त्रणमा

सदरलाइन संवाददाता १ आश्विन २०७८, शुक्रबार १७:५२
 

नेपालगञ्ज : बाँके प्रहरीले अबैध रुपमा भन्सार छलेर ल्याउदै गरेको रांगा नियन्त्रण लिएर आवश्यक कारवाहीको नेपालगञ्ज भन्सारमा पठाएको छ । विहिबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले नेपालगञ्ज उप–महानगरपालिका–१२ बाट ४ वटा रांगा नियन्त्रणमा लिएको हो ।


भारतबाट अबैध रुपमा रांगा ल्याईरहेको भन्ने बिशेष सूचनाको आधारमा उक्त स्थानमा यस कार्यालयबाट खटिएको प्रहरी टोलिले जाँच गर्दा ८० हजार बराबरका ४ वटा रांगा बेवारिसे अवस्थामा फेला पारेको बाँके प्रहरीले जानकारी दिएको छ ।

बेवारीसे अवस्थामा फेला परेका रांगालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगञ्ज बाँकेमा पठाईएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

 ‘मेरो देशको नाम नेपाल’ गीत सार्वजनिक

१ आश्विन २०७८, शुक्रबार १७:५२
नेपालगञ्ज  : मिचिएका सीमाको बारेमा उठान गरिएको चलचित्र ‘एक’को नयाँ गीत सार्वजनिक भएको छ । घटनस्थापनको दिन (असोज २१गते) डिजिटल प्लेटफर्मबाट रिलिजको तयारी गरिरहेको सो चलचित्र ओएसआर डिजिटलले शुक्रबार सार्वजनिक गरेको ‘मेरो देशको नाम नेपाल’ एउटा राष्ट्रभक्ति गीत हो । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भारतसँग सिमाना जोडिएका र विवादित ठाउँहरूमा […]