सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उद्योग बाणिज्य संघको बर्तमान कार्यसमितिको कार्यकाल ५ महिना बढाईएको निर्णय प्रति वर्तमान कार्य समितिका कोषाध्यक्ष समेत रहेका आदेशकुमार अग्रवालले फरक मत जाहेर गरेका छन् ।
उनले संघको असार ४ गते बसेको ३९ औ बैठकमा संघकै बिधान विपरित गरिएको निर्णय भन्दै फरक मत जाहरे गरेका हुन ।
उनले आफ्नो फरक मतमा भनेका छन ‘नेपालगन्ज उद्योग बाणिज्य संघको कार्य समितिको समय अवधी करिव करिव सकिन लागेको पूर्व सन्ध्यामा आगामी निर्वाचनको योजना निर्माण गर्न बसेको कार्यसमितिले मिति तोकी जानुको सट्टा एकाएक न कुनै विषेश परिस्थिति न कुनै प्रतिकुल बस्तुस्थितिमा नहुँदा नहुँदै नविकरणको बाहाना जुन निरन्तर प्रक्रिया हो परिचय पत्रको व्यवस्थाको २ महिना टाईम अपुग भएको कारण दिखाउनु निर्वाचनको तयारीमा लाग्नु भन्दा उल्टै पपरम्पराबादी पुरानै शैलीमा कार्य समितिको पदावधी लम्ब्याउने निर्णय बिरुद्ध फरक मत जाहेर गर्दैछु ।’
सो बैठकको निर्णय नं. १ मा संघको विधानको घारा २५ को क बमोजिम साधारण सदस्यको म्याद असोज मसान्तसम्म भएको कारणले संघलाई आर्थिक नोक्सानी पर्ने साथै निर्वाचन प्रकृयालाई सहज सरल र निष्पक्ष बनाउनको लागि आगामी आर्व २०७६÷०७७ देखि परिचय पत्र लागू गर्न समय अभाव भएकोले बर्तमान कर्यसमितिको कार्यकाल ५ महिना थप गर्ने निर्णय सर्बसम्मतले भएको उल्लेख छ ।
उनले सदरलाइनडटकम अनलाईनसंग कुरा गर्दै संघको विधान अनुसार दुई तिहाईको सहभागितमा निर्णय हुनु पर्ने मान्यता र परम्परालाई लत्याई निर्णय गरिएकोले फरक मत जाहेर गरेको बताए ।
यसैबीच नेपालगञ्ज उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अब्दुल वाहिद मन्सुरीले बैठकमा बिधान अनुसार एक पटकको लागि समयावधी बढाउन पाउने अधिकार प्रयोग गरी सर्ब सम्मत पारित भएको बताए । उनले कोषध्यक्ष आदेश अग्रवालले भने सो निर्णयको बिरुद्ध फरक मत जाहेर गरेको बताए ।